डिएसपीमा बढुवाको तयारी
काठमाडौं । नेपाल प्रहरीमा अघिल्लो साता ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । योसँगै नेपाल प्रहरीमा ७५ डीएसपी पद रिक्त हुन पुगेका छन् । यी रिक्त पदमा बढुवाको लागि प्रहरी प्रधान कार्यालयले प्रकृया अगाडि बढाएको बुझिएको छ । प्रधान कार्यालयले सिनियर र कार्य सम्पादनमा उत्कृष्ट रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई नै बढुवा गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । डिएसपी बढुवाको हाल प्रतिस्पर्धामा २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरु रहेको बताइन्छ ।
उनीहरु विगत ११ वर्षदेखि निरीक्षकमा पदमा बहाल रहँदै आएका अधिकृतहरू हुन् । यसअघि २०८० जेठ २२ मा २०७० ब्याचका ४६ जना डीएसपीमा बढुवामा परेका थिए । जसमा रन्जन अवा, कमल बेल्वासे र यमकुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा बढुवा भएको बताइन्छ । त्यसपछि २०८० चैत्र २२ गते थप १९ जना डिएसपीमा बढुवा हुन सफल भएका थिए । हाल सोही ब्याचका ७९ जना निरीक्षकहरू डिएसपी बढुवाको प्रतिस्पर्धामा रहेको बताइएको छ ।
तर, डीएसपीका लागि ७५ पद मात्र रिक्त रहेको प्रहरी संगठन स्रोतले जनाएको छ । त्यसकारण पनि ७९ जना प्रतिस्पर्धामा रहेतापनि ४ जना भने अव हुने बढुवामा छुट्ने निश्चित प्राय रहेको बताइन्छ । डिएसपी बढुवाका लागि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा समिति रहेको छ । सोही समितिले हालै एसपीमा बढुवा भएकाहरूलाई फुली लगाएपछि मात्र सिफारिस गर्र्ने तयारी गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस