• बुधबार-माघ-२३-२०८१

चर्च ब्वाइज पुग्यो बुढासुब्बा गोल्ड कपको फाइनलमा

 

काठमाडौं । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ । 

 

बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रि«क गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो ।

 

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक पूरा गरे । समीरले खेलको २१ औं, २६ औं र ८५औं मिनेटमा गोल गरेका थिए । अर्मान्डले २७ औं, ५० औं र ५२ औं मिनेटमा गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारतको युकेएफसी र नेपालको एनआरटी प्रतिस्पर्धा गर्दैछन् ।


 

 

प्रतिकृया दिनुहोस