वीरगन्ज । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन् । साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ ।
प्रतिकृया दिनुहोस