जनार्दनद्वारा प्रचण्डलाई झस्काउने टक्कर
काठमाडौं । माओवादी केन्द्रको अर्को एउटा समाचारले वर्षमान पुनलाई मात्र होइन, अध्यक्ष प्रचण्डका लागि पनि तनाव थपिदिएको छ । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको चुनावी नतिजाले माओवादीभित्र तरंग पैदा गरेको छ । माओवादी केन्द्रको इतिहासमा अखिल क्रान्तिकारीमात्रै दुईपटक चुनाव भएको छ । ती दुवै चुनावमा उपमहासचिव जनार्दन शर्मा केन्द्र भागमा देखिएका छन् । यस अघि क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएको समयमा शर्माले आफ्नो भाइ अनिल शर्मालाई चुनाव उठाएका थिए । त्यतिबेला पनि वर्षमान पुन भर्सेस जनार्दन शर्मा अवस्था बनेको थियो ।
कमरेड पुनले अध्यक्षमा तामाङलाई अगाडि सारेका थिए । अनि शर्माले आफ्नो भाई अनिल शर्मालाई अगाडि सारेका थिए । त्यसबखत पुनको उम्मेदवारलाई अध्यक्ष प्रचण्डले पनि साथ दिएका थिए । त्यसले गर्दा पुनका उम्मेदवार तामाङ निर्वाचित भएका थिए । भाइ शर्मा झिनो मतले पराजित भएपछि उनलाई पछि २०७९ मा काठमाडौं १ बाट उम्मेदवार समेत बनाईएको थियो । संघीय संसदको उम्मेदवार नै भएका शर्मा अहिले पनि काठमाडौंको राजनीतिमा सक्रिय छन् तर बलियो दावेदारको रुपमा भने देखिन सकेका छैनन् । त्यतिबेला जुन स्थितिमा क्रान्तिकारीमा जुन घटना भएको थियो, अहिले पनि झन्डै उस्तै भयो । त्यतिबेला पुन र शर्माको प्रत्यक्ष भीडन्तजस्तो देखिएको थियो । अहिले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्सेस शर्माजस्तो देखिएको छ । पुन अखिल क्रान्तिकारीको मामिलामा कमजोर देखिएका छन् ।
अहिलेको क्रान्तिकारीको चुनावमा कमरेड पुनका उम्मेदवार निकै कमजोर देखिए । पुनले उम्मेदवार बनाएका सुदीन पौडेलले निकै कम मत ल्याए भने शर्माले उम्मेदवार बनाएका हेमन्त राईले बलियो प्रतिस्पर्धीको रुपमा देखिए । प्रचण्डले उम्मेदवार बनाएका विश्वराज सापकोटाले जित निकालेका छन् । तथापि, राई झिनो मतान्तरमा पराजित भए । राई अखिलको अध्यक्षमा पराजित भएपनि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा शर्माका उम्मेदवार हावी भएका छन् । अधिकांश पदाधिकारीमा शर्मा पक्षमा उम्मेदवार निर्वाचित हुन सफल भएका छन् । पुनका उम्मेदवारहरुमध्ये पदाधिकारीमा एक जनामात्रै निर्वाचित भएको बताइएको छ । अध्यक्ष प्रचण्डको टीम नै अखिल क्रान्तिकारीमा कमजोर बनेको बताइएको छ ।
माओवादी नेताहरुवीच चलेको चर्चा अनुसार चुनावमा प्रचण्डनिकट भनेर प्रचार गरिएका अधिकांश पदाधिकारी पराजित भए । क्रान्तिकारीको उपाध्यक्षमा अभिमन्यु यादव, अटल आचार्य, मदन ढकाल, सन्दीप पुन, ममता अधिकारी, विराज थापा, कृष्णबहादुर सुनार, दीपा जैशी, र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका रहेको दावी गरिएको छ । यस्तै आचार्य प्रचण्डनिकट हुन् भने ढकाल, जैशी र थापालाई पनि प्रचण्डनिकटको व्याख्या गरिएपनि उनीहरुलाई स्वतन्त्र पनि भनिएको छ ।
महासचिवमा शर्मापक्षका रोशन थापामगर निर्वाचित भएका छन् । थापा अध्यक्षको समेत दावेदार थिए । शर्माले टीम मिलाउँदा राईलाई अध्यक्ष र थापालाई महासचिवमा सहमत गराएका थिए । क्रान्तिकारीको नौ उपमहासचिवमध्ये सात शर्माको पक्षका विजयी भएको दावी गरिएको छ भने ११ सचिवमध्ये ६ जना र एक कोषाध्यक्ष पनि शर्माको टीमबाट निर्वाचित भएका छन् । यसमा रोचक चाहिँ उपमहासचिवमा एक जना नारायणकाजी श्रेष्ठनिकट र एक जना वर्षमान पुननिकट विजयी भएका छन् । त्यसैले, पनि क्रान्तिकारीको चुनावमा पहिला जसरी वर्षमान पुनको दबदबा थियो, त्यो भने कमजोर भएको देखिएको छ । (साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस