• बिहीबार-असोज-२-२०८२

आज सुनको मूल्य ९ सयले घट्यो


काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।


आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।
 

प्रतिकृया दिनुहोस