• बिहीबार-असोज-२-२०८२

नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित


काठमाडौं । नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ । जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।


यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो । पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।
 

प्रतिकृया दिनुहोस