• बिहीबार-असोज-२-२०८२

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीबीच टेलिफोन वार्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज, २०८२ असोज २ गते, नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीसँग टेलिफोन वार्ता गरेका छन्। वार्तामा हालैको दुःखद घटनामा भएका मानवीय क्षति प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

मोदीले नेपालमा शान्ति, स्थायित्व र लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापनामा कार्कीको प्रयासलाई भारतको दृढ समर्थन दोहोर्याएका छन्। साथै, प्रधानमन्त्री कार्की र नेपाली जनतालाई नेपालको राष्ट्रिय दिवसको शुभकामना समेत दिइएको छ।

प्रधानमन्त्री कार्कीको भूमिका

अन्तरिम सरकारका रूपमा सुशिला कार्कीले मुलुकमा शान्ति, स्थायित्व र लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेलिरहेकी छन्। भारतले यस प्रक्रियामा आवश्यक सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस