• बुधबार-माघ-२३-२०८१

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ मनोनीत

 

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई मनोनयन गरेको छ ।

 

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बुधबार प्रदेश सांसद श्रेष्ठलाई सचेतक मनोनयन गरेको हो ।

 

लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई सचेतकमा मनोनयन गरिएको जनाएका छन् ।   

 

 

प्रतिकृया दिनुहोस