युवा पलायन’ को ‘भाष्य’ किन ?
अवसर, सुरक्षा र सुविधा भएको मुलुकमा जाने विषय ‘हिस्टोरिकल ग्लोबल फेनोमेना’ हो । युरोपेली र अन्य मुलुकहरूबाट स्वतन्त्रता, सुरक्षा तथा सुविधाको चाहनाले अमेरिका पुगेका मानिसहरू नै अहिलेका आदिवासी अमेरिकी नागरिक हुन् । भारतका करोडौँ मानिस विश्वभर पुगे । चीनका लाखौँ मानिसहरू अमेरिका र युरोपमा छन् । जसलाई स्वभाविक रूपमा स्वीकार गर्नुको सट्टा ‘युवा पलायन’ भए भन्नु पर्दैन । नेपाली युवाहरू हिजो गए । आज जाँदैछन् । भोलि पनि जानेछन् ।
‘पलायन’ गलत भाष्य
नेपालका बुद्धिजीवी तथा मूलतः ‘युवा विदेश पलायन भए’ भन्ने भाष्य निरन्तर सार्वजनिक बहस र सञ्चारमाध्यमहरूमा प्रकाशित–प्रसारित हुँदै आयो । अध्ययन र वैदेशिक रोजगारीका लागि वर्षैपिच्छे लाखौँ लाख युवा विदेशिने गरेका छन् । रोजगारीका लागि सर्बाधिक बढी युवाहरू कतार, मलेशिया, साउदी अरब, द.कोरिया आदि मुलुकहरूमा जाने गरेका छन् । उच्च शिक्षाको अध्ययनको नाममा अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, बेलायत, जर्मन तथा युरोपियन मुलुकहरूमा धेरै विद्यार्थी जाँदै आएका छन् ।
मानिसको जन्मजात स्वभाव हो कि ऊ बढी खानापानी, अवसर, सेवा–सुविधा, आय–आम्दानी र सम्पन्न जीवन, सुखी, आधुनिकता र विकास, परिवर्तन तथा सारमा प्रगतितर्फ उन्मूख हुने हुन्छ । प्राचीन जङ्गली र ढुङ्गे युगदेखिको मानव इतिहास त्यही गतिमा अघि बढ्दै आएको हो । भारत, अफ्रिका, चीन, इटाली, बेलायत आदि मुलुकहरूबाट हजारौँ वर्षअघिदेखि मानिसहरू अमेरिका र युरापका विभिन्न मुलुकहरूमा जाने गरेका छन् ।
नेपालबाट पनि एक शताब्दी भन्दा अघिदेखि नै मानिसहरू रोजगारी र बढी सुविधाको आशमा विभिन्न मुलुकहरूमा जाने गरेका छन् । पहिले भारत ‘लाहुर’ जाने प्रचलन थियो । २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि नेपालको वैदेशिक सम्बन्ध बढेको, सूचना र सञ्चारको क्षेत्रमा व्यापक परिवर्तन आएको, उदारीकरण, विश्वव्यापीकरण, बजारीकरण, निजीकरण तथा वैदेशिक क्षेत्रमा विभिन्न अवसरहरू प्राप्त हुनेक्रम बढेसँगै अध्ययन र रोजगारीको सिलसिलामा विदेश जानेहरूको संख्या बढेको देखिन्छ । २०५२ सालको सशस्त्र द्वन्द्वको कारण पनि नेपालबाट विदेश जाने युवाहरू बढे ।
२०६२÷०६३ को आन्दोलन र गणतन्त्रपछि नेपालमा लागू भएको संघीय शासनले नेपालमा व्यापक रोजगारी र सम्भावनाको वृद्धि हुने र वैदेशिक रोजगारीमा जाने संख्यामा कमी आउने आंकलन गरिएको थियो । यद्यपि त्यसको विपरीत गणतन्त्रपछि वैदेशिक रोजगारी र अध्ययनको नाममा विदेश जानेको संख्या दिनदिनै बढ्न थालेको छ । यही कारण नेपालमा युवाको विदेश पलायन बढ्यो भनियो । ‘युवा पलायनको भाष्य’ नेपालको राजनीतिक क्षेत्रले सर्वाधिक बढी मात्रामा प्रयोग ग¥यो । चुनावी मुद्दाहरूमा स्देशमा व्यापक रोजगारीको सिर्जना गर्ने र युवा पलायन रोक्ने भन्ने नारा उछालिए ।
सस्तो राजनीतिक मुद्दा
अध्ययन र रोजगारीको राम्रो सम्भावना खोज्दै विदेशिने युवाप्रति दक्षित गर्दै विदेश पलायनको भाष्यलाई दैनिक बोलिने मन्त्र जस्तो बनाउन थालियो । नेता, बुद्धिजीवी, लेखक, विष्लेशक र विचारकहरूका बोलीमा युवा पलायन सर्वाधिक ठूलो मुद्दा बन्न थाल्यो । तथापि तिनै नेता, बुद्धिजीवी र सरकारी–सार्वजनिक प्रशासनको उच्च पदमा बस्नेहरूका आफ्नै घरको अवस्था विश्लेषण गर्ने हो भने सबैजसोका छोराछोरी ‘उच्च शिक्षा अध्ययन’को नाममा अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकहरूमा छन् । नेता र सार्वजनिक जिम्मेवारीमा रहेका सबैको छोराछोरी बाहिर रहेको भए पनि उनीहरूले सार्वजनिक खपतको लागि चाहिँ ‘युवा पलायन रोक्नुपर्ने’ कुरा चर्काेसँग बोल्दै आएका छन् ।
यहाँ सवाल युवा अध्ययन र रोजगारीको राम्रो अवसर खोज्दै विदेश जानु ‘पलायन’ हुनु हो ? कसैको भाषण, नारा र सार्वजनिक खपतका चर्का कुराले मात्र युवाको विदेश यात्रा रोकिन्छ ? आफ्ना छोराछोरी विदेश जाँदा चाहिँ फलानो विषयमा ‘उच्च शिक्षा’ अध्ययनको लागि गएको हुने र आम नेपालीका छोराछोरी र युवा विदेश गएको चाहिँ ‘पलायन भएको’ हुने ? कस्तो भाष्य हो यो ? आफ्ना छोराछोरी र नातेदार सबैलाई युरोप–अमेरिका, अष्ट्रेलिया पठाउनेहरूले नै चर्का स्वरमा युवा पलायन रोक्नु पर्ने भन्ने नारा उराल्नु कति सुहाउने कुरा हो ? के राम्रो अवसर र सुविधाको आशमा विदेश जानु पलायन हुनु हो ? कतिपय युवाहरूले द.कोरिया, इजरायल, साउदी अरबलयायतबाट प्राप्त ज्ञान, सीप, स्रोत र दक्षतालाई नेपालमा आएर सदुपयोग गरी आफैँले रोजगारीको सिर्जना गरेका उदाहरण समेत देखिएका छन् । नयाँ देश, ठाउँ, प्रविधि, सीप, शिक्षा, ज्ञान र आधुनिक विकासको अध्ययन–अनुभव गर्नु आफैँमा नराम्रो होइन । फेरि कसैले भन्दैमा र युवा पलायन रोक्ने भाष्य चर्काे गर्दैमा विदेश जान रोक्न सकिन्छ र ?
आफूलाई लागेको बढी अवसर खोज्ने मानवीय स्वभाव भएकोले त्यो निजी आवश्यकता र मानवीय चरित्रको विषय हो । वैदेशिक रोजगारी आफैमा वर्तमान समयको विश्वव्यापी संस्कृति पनि हो । अहिले नेपालबाट मात्र होइन विश्वका सबै महादेश र मुलुकहरूबाट मानिसहरू अवसर, सेवा–सुविधा र प्रगतिको चाहनाले विदेशिने व्रmममा वृद्धि हुँदै गएको देखिन्छ ।
हामीले एक बाल्टिन पानी भिरालो जमिन भएको भुँइमा पोख्यौँ भने त्यो पानी त्यहाँ बस्दैन । जता गहिरो हुन्छ पानी त्यतै बग्दछ । गहिरोमा पानी जम्दछ । त्यो बग्दै गरेको पानीलाई रोक्न खाल्टो वा डिल नै निर्माण गर्नु पर्दछ । पानी किन बग्यो भनेर ठूलो स्वरमा चिच्चाएर पानी राकिने होइन । पानीको त्यो प्राकृतिक स्वभाव नै हो । त्यस्तै हो निजी चाहना र मावनीय स्वभाव पनि । त्यै पानीको जस्तै स्वभाव मानिसको पनि भएकोले जतातर्फ गहिरो अर्थात बढी अवसर, सेवा–सुविधा, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा र सहजता हुन्छ मान्छे त्यहाँ जान्छ । त्यसलाई ‘युवा पलायन’ भन्ने ‘भाष्य’ प्रयोग गरेर अरुलाई अपमानित बनाउनु पर्दैन ।
मानिसको त्यो प्राकृतिक स्वभावको कारण नै विश्वभरबाट मानिसहरू इतिहासदेखि युरोप–अमेरिका हानिएका हुन् । यसर्थ युवा पलायन भन्ने संकीर्ण भाष्य प्रयोग गरेर अवसरको खोजीमा देश–विदेशमा गइरहेका युवा–विद्यार्थीहरूको मावनीय चाहना र सम्मानपूर्वक जीवन बाँच्न पाउने प्राकृतिक अधिकारमाथि ठाडो हस्तक्षेप भइरहेको छ । मानिस प्राकृतिक रूपमा नै स्वतन्त्र जन्मेको हो । बेलायती दार्शनिक जिन ज्याक रुसो (१७१२–१७७८)ले मानिस स्वतन्त्र जन्मन्छ र पछि जताततै साँचोबाट बाँधिन्छ भन्दै उसको स्वतन्त्रताको सम्मान र रक्षा हुनु पर्ने भनेका थिए ।
नेताको भाषण र राजनीतिक दस्ताबेजमा काला अक्षरले सिंगारिएर मात्र युवा नेपालमा बस्न सक्दैनन् । विकसित देशका सेवा, सुविधा, प्रविधि र विकास क्षण भरमा नेपाली युवाले देख्न र सुन्न पाएका छन् । आफ्ना छोराछोरी युरोप–अमेरिका, अष्ट्रेलिया र क्यानडामा ‘उच्च शिक्षाको लागि’ पठाएर वर्षमा ६ महिना नेपाल बाहिर हुने नेता, प्रशासनका उच्च अधिकारी, ठूला व्यवसायी र विश्लेषकहरूले आफ्नो बाहेक अरुलाई नेपालमा रोक्न मात्र युवा पलायनको भाष्य बोल्ने गरेको देखिन्छ । आफ्ना छोराछोरी विदेश जाँदा ‘उच्च शिक्षा प्राप्त गर्न’ गएको हुने दुनियाँ–नागरिकको छोराछोरी बाहिर गए भने ‘पलायन’ हुने ? यो कस्तो भाष्य हो ?
सारमा
भाषण, नारा र राजनीतिक प्रतिवेदनमा आशा सजाएर मात्र युवा नेपालमा बस्न सक्ने होइन । कुनै पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनले कसैको निजी चाहना, आवश्यकता र रुची अनुसारको देशमा जानबाट कानुन अनुसार बाहेक कसैले रोक्न सक्दैन । मानिस जन्मजात चेतनशील, स्वतन्त्र, गतिशील र परिवर्तनशील छ । प्रत्येक मानिस आफ्नो सुरक्षा, सुविधा, प्रगति र सुख चाहन्छ । आफ्नो प्रगति, विकास, उन्नति र जीवन सम्पन्न कसरी हुन सक्दछ भन्ने कुराको निक्र्यौल गर्न मानिस सक्षम र स्वतन्त्र छ ।
कसैको चाहना, आवश्यकता र रुचीमाथि कसैले अवरोध गर्न सक्दैन । तसर्थ आफूलाई लागेको स्थानमा जाने, आफ्नो तरिकाले बाँच्ने र आफ्नो जीवन, स्वतन्त्रता र सम्मान एवम् सुरक्षा हुने गरी विदेश जान प्रत्येक युवा स्वतन्त्र भएकोले ‘युवा पलायन’ भए भन्ने गीत गाउनुको कुनै अर्थ छैन । एक देशबाट अर्काे देश र स्थानमा जाने, रोजगारी गर्ने र बस्ने कुरा स्वभाविक मात्र होइन विश्वव्यापी संस्कृति भएकोले विदेश गएका र जान खोजेका युवा–विद्यार्थीको निजी सम्मानमा चोट पुग्नेगरी ‘युवा पलायन’को भाष्य प्रयोग गर्नु गलत हो । (साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस