ग्रिक दार्शनिक प्लेटोले राज्यमा दुईथरि सरकार हुन्छ भने । वास्तविक सरकार र अर्काे बुद्धिजीवी समूह । केही ‘मौसमी’ बुद्धिजीवीले लोकतान्त्रिक प्रणाली, संविधान र नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउनै सकेनन् । बुद्धिजीवी भिड, ‘युट्युबर हल्ला’ र भ्रमको पछाडि लाग्ने होइन । बुद्धिजीवीहरूसँग सेना, प्रहरी र कानूनी अधिकार नभए पनि समाज र राज्यको प्रणाली निर्माण गर्न वा व्यवस्था भद्रगोल पार्न सक्ने तागत हुन्छ । केही बुद्धिजीवीले तल्लोस्तरमा झरेर लोकतान्त्रिक गणतन्त्रविरूद्ध ‘राजा ठिक’सम्म भन्न भ्याए । जुन तिनको ‘करप्टेड’ र ‘न्यारो माइन्डसेट’को उपज हो ।
तीनथरि ‘माइन्डसेट’
नेपालका बुद्धिजीवीहरूमा तीनथरि ‘माइन्ड सेट’ रहेको पाइन्छ । पहिलो ‘नेगेटिभ माइन्ड सेट’–जसले समाजका प्रत्येक विषय, पक्ष, पात्र र मूलतः सरकारमा रहेका मन्त्री एवम् राजनीतिक दलका नेताहरूलाई नेगेटिभ (नकारात्मकता)को नजरले मात्र बुझ्दछ, हेर्दछ र विश्लेषण गर्दछ । दोस्रोथरि छन्–‘फिक्स माइन्ड सेट’ । तिनले समाजलाई ‘फिक्स कम्पोनेन्ट’ ठान्दछन् । समाजमा हिजो जे छ आज त्यही छ भन्ने मान्दछन् । भएका कुनै पनि राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरूलाई सकारात्मक नजरले विश्लेषण गर्दैनन् । यिनीहरू देश, समाज र मान्छे जहिल्यै उस्तै हुन् भन्ने सोच्दछन् । सामाजिक परिवर्तन, प्रगतिशीलता, विज्ञानवाद, भौतिकवाद, आधुनिकता र विकासका आधारभूत नियम र गति मान्दैनन् । केही बुद्धिजीवीहरू समाज पछाडि फर्किन्छ र पहिलेका परम्परागत व्यवस्था, वंश परम्परा तथा प्रथा, प्रचलन, अभ्यास र संस्कृति सही हो भन्नेसम्मका ‘आउटडेटेड’ विचार सार्वजनिक गरिदिन्छन् ।
जुन वैज्ञानिक, वस्तुगत र यथार्थवादी दृष्टिकोणविरोधी प्रतिगामी अवधारणा हुन् । तेस्रो अवधारणा चाहिँ ‘ग्रोथ माइन्ड सेट’ हो । यसले चाहिँ समाज परिवर्तनशील, प्रगतिशील, वैज्ञानिक र भौतिकवादी भएको कुरामा विश्वास गर्दछ । समाज परिवर्तनशील ‘कम्पोनेन्ट’ भएको कुरामा विश्वास गर्छन् । यिनीहरू समाजमा भएका नकारात्मकता र यथास्थितिवादी धारणाको विरोध गर्दछन् । बुद्धिजीवीहरूले जीवनको यथार्थता र समाजको वास्तविकता बोल्न सकेनन् भने समाजमा नकारात्मकता, निराशा र अराजकताले प्रशय पाउँदछ । यसखालका विचारले समाजको प्रगति रोक्दछ । बुद्धिजीवीका विचार र बौद्धिक लेखले समाजको वैज्ञानिक, वस्तुवादी र प्रगतिशील रूपान्तरणको पक्षमा अवधारणा दिन सक्नु पर्दछ । अधिकांश बुद्धिजीवीरूमा यही आधारभूत तत्वको खडेरी परेको छ ।
सकारात्मकताले मानव जीवन र समाजलाई बदल्न सहयोग गर्दछ । बुद्धिजीवीहरूले यस्ता पक्षको ख्याल गरी आफ्ना विचार सम्प्रेषण गर्नु आवश्यक छ । एउटा ‘फ्रिक्स माइन्ड सेट’बाट माथि उठेर ‘ग्रोथ माइन्ड सेट’मा लेखक, विचारक र विश्लेषक उक्लिनु पर्दछ । ‘ग्रोथ माइन्ड सेट’ प्रगतिशीलता, जीवनवाद र वैज्ञानिकता पनि हो । जसले जीवन बदल्न सहयोग गर्दछ । जीवनमा परिवर्तन र रूपान्तरण दिन नसक्ने नकारात्मकताले भरिएका विद्वान्हरूले समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्न सक्दैनन् । बुद्धिजीवी र लेखहरूकले यो पक्षमा आफूलाई पहिले ‘चेन्ज एन्ड ग्रोथ’ ‘माइन्डसेट’ निर्माण गर्नु आवश्यक छ । ‘फ्रिक्स माइन्ड सेट’ यथास्थितिवादी र अवैज्ञानिक अवधारणाको प्रतीक हो । जसबाट मानिस, समाज र कसैको पनि प्रगति सम्भव हुँदैन । जीवन, सकारात्मकता, परिवर्तन र प्रगतिशीलताको लागि ‘ग्रोथ माइन्ड सेट’को माध्यमबाट अघि बढ्न पर्दछ ।
सकारात्मक उर्जा र दृष्टिकोण दिन नसक्ने विचारविहीन अखवारी लेखले समाजलाई अन्यौलग्रस्त मात्र पार्दछ । सामाजिक रूपान्तरण तथा परिर्वतनमा वैचारिक दृष्टिकोणको ठूलो अर्थ हुन्छ । दृष्टिकोणविहीन विचारले संस्कृति तथा संस्कारको निर्माणमा पनि भूमिका खेल्दैन । समाजलाई जहाँकोतँही राख्ने विचार ‘फ्रिक्स माइन्ड सेट’का उपज हुन् । समाज परिर्वनमा सहयोग पुग्ने सांस्कृतिक र वैचारिक दृृष्टिकोण भएका विचारहरूद्वारा हो । जीवनवादी, सकारात्मक र प्रगतिशील दृष्टि भएका विचारले सामाजिक परिवर्तनमा सहयोग पु¥याउन सक्दछन् । सार्वजनिक मुद्दा पक्रन नसक्ने बुद्धिजीवी दृष्टिकोणविहीन र विचारविहीन हुन्छन् । प्रत्येक अखवारी लेख आफैँमा परिवर्तनको सम्बाहक हुन सक्दैन । विचार, दृष्टिकोण र परिवर्तनको हुटहुटी सिर्जना गर्न सक्ने शक्ति छैन भने त्यो विचार शून्य बराबर हो ।
सामाजिक सञ्जालको उपलब्धता, विकास र दुरुप्रयोग बढेसँगै नकारात्मकता, विचारविहीनता, गाली र अराजकता बढी विव्रmी हुँदैछन् । सभ्य, समृद्ध र विकसित समाजको लागि यस्ता धारणा प्रगतिको बाधक दृष्टिकोण हुन् । सार्वजनिक व्यक्ति र लेखकका दृष्टिकोण, विचार र सिर्जनामार्फत मानिसहरूले आफ्ना धारणा तथा विचार निर्माण गर्दछन् । यसर्थ बुद्धिजीवीले प्रगतिशीलता र जीवन बोल्नुपर्दछ । जीवनलाई बुझ्ने, व्याख्या गर्ने र बदल्न सक्ने विचार ‘ग्रोथ माइन्ड सेट’को उपज हुन् । विचारकले मानव जीवनलाई सकारात्मकता दिन सक्नु पर्दछ । पुरातन, यथास्तिवादी र प्रगतिका बाधक मान्यता र विचारको समर्थनमा कोरिएका लेख ‘फ्रिक्स माइन्ड सेट’को उपज हुन् ।
सकारात्मकता र प्रगतिशीलता
जीवन जैविक, वैज्ञानिक, प्राकृतिक र भौतिक कुरा हो । कुनै अलौकिक, अवैज्ञानिक वा अदृष्य शक्तिको कारण मानव जीवन सिर्जना भएको होइन । प्रगतिशीलता र सकारात्मकताले मानव जीवनको भौतिक पक्षको सर्वाेपरिताको वकालत गर्दछ । वैज्ञानिक, भौतिक र वस्तुवादी बाहेक विश्वमा कुनै पनि शक्ति छैन । भौतिकवादले वैज्ञानिकता, मानवहित, समाजको कल्याण र सामाजको प्रगतिशील रूपान्तरण खोज्दछ । प्रगतिशील परिवर्तन अनुकूल संस्कृतिको निर्माणमा अग्रसरताको माग गर्दछ । भौतिकवादी र प्रगतिशील संस्कृतिको वकालत गर्ने दृष्टिकोणको आयु र प्रभाव बढी हुन्छ । फ्रान्सका दार्शनिक रुसोका विचार र दर्शन त्यहाँको व्रmान्ति तथा परिवर्तनमा सहयोगी बन्यो । भारतीय नेता महात्मा गान्धीको दर्शनले भारत स्वतन्त्र बन्यो । ती विचार र धारणा ‘ग्रोथ माइन्ड सेट’का उपज रहे ।
समाजशास्त्रीहरूले विभिन्न तरिकाले संस्कृतिको सम्बन्धमा व्याख्या र विवेचना गरे । समाजशास्त्री कोहेनले संस्कृतिलाई खाली चेक (ब्याल्याङ्क चेक) जस्तै हो भने । चेकमा वाहकले आफूलाई लागेको अंक भर्न सक्दछ त्यसरी नै मानव संस्कृति पनि मानिसले आफ्ना गतिविधिहरूलाई भर्न सक्दछन् भन्ने उनको विचार रह्यो । संस्कृति मानव जीवनका प्रत्येक सिकाई, भोगाई, विधि, व्यवहार, संस्कार, पद्धति, खानपान, सिप, ज्ञान, धर्म–संस्कार, राजनीतिक–सामाजिक क्रियाकलाप, मानवीय गतिविधि तथा सिर्जनात्मक पक्षका सबै विषयहरू हुन् । संस्कृतिसँग समाज र मानव प्रत्यक्षसँग जोडिएका हुन्छन् । यसर्थ संस्कृति मानव निर्मित कुरा हो । सञ्चारमाध्यमा आएका विचार समाजका राजनीतिक, कानुनी, सामाजिक, आर्थिक र सांस्कृतिक विषयहरू बुझ्ने ऐना हुन् । रुढीवादी विचार, कुसंस्कार, कुरिती, वंश परम्परामा आधारित राजा र राजतन्त्र, कुप्रथा, बेथिती, अन्याय, अत्याचार, भ्रष्टाचार, कुशासन, निराशा, कुन्ठा, अप्रगतिशीलता र जनविरोधी एवम् मानवताविरोधी विचार तथा दृष्टिकोणहरूको विरोध विचारक तथा बुद्धिजीवीले गर्नुपर्दछ ।
‘ग्रोथ माइन्ड सेट’को अवधारणाबाट मात्र त्यो कार्य सम्भव हुन्छ । ‘नेगेटिभ’ र ‘फ्रिक्स माइन्ड सेट’ले सामाजिक रूपान्तरण, सांस्कृतिक परिवर्तन र प्रगतिशीलताको बारेमा सोच्ने तागत राख्दैनन् । प्रगतिशील तथा सकारात्मकता दिने विचारले मानिसमा भएका क्षमता र नवसम्भावना बोल्नुपर्दछ । भौतिकवाद, प्रगतिशीलता, सकारात्मकता र जीवनबिनाको सार्वजनिक विचारको अर्थ हुँदैन । प्रगतिवादी, सकारात्मकता र साँस्कृतिक चेतनाले समाजलाई सिर्जनात्मक तथा आलोचनात्मक दृष्टिकोणले बुझ्न र विश्लेषण गर्न सहयोग गर्दछ । नकारात्मकता, अवैज्ञानिक र अवस्तुवादी मूल्य तथा मान्यता, जनविरोधी प्रचलन र संस्कार तथा सामन्ती चिन्तन बोकेर बुद्धिजीवीले विचार सार्वजनिक गर्नु हुँदैन । त्यसले समाजलाई बदल्न र वस्तुवादी तरिकाले सोच्न सक्ने क्षमताको वृद्धि गर्न सहयोग पु¥याउँदैन ।
बुद्धिजीवीले ‘क्रिटिकल थिङ्किङ्ग’को क्षमता राख्न सक्नु पर्दछ । वैज्ञानिक, भौतिक र आलोचनात्मक दृष्टिकोण नभएका विचार प्रगतिवादी र जनवादी संस्कृतिका उपज होइनन् । यसैले जीवनवादी मूल्य, संस्कार तथा संस्कृतिका सन्दर्भमा विचार–विमर्श र चिन्तन गर्नुपर्ने अवस्था छ । सकारात्मकतावादी, मानवतावादी, जीवनवादी, जनवादी, प्रगतिशील तथा विज्ञानवादी संस्कृति र विचारबाट प्रेरित विश्लेषणद्वारा मात्र समाज परिवर्तनमा सहयोग पुग्न सक्दछ ।
अराजकतावाद, अलोकतान्त्रिक शक्तिको समर्थन, अतिवाद, कल्पनावाद, ढोँङ्गवाद र यथास्थिवादी प्रवृत्ति, चरित्र र विचारले समाजको परिवर्तनमा सहयोग गर्न सक्दैनन् । बुद्धिजीवीहरूका विचार तथा लेखमा सकारात्मक विचार, प्रगतिशील दृष्टिकोण आवश्यक छ । ‘नेगेटिभ माइन्ड सेट’ र ‘फ्रिक्स माइन्ड सेट’बाट माथि उठन नसक्ने विचार र दृष्टिकोणले समाजको प्रगतिशील रूपान्तरणमा सहयोग गर्न सक्दैनन् । ‘ग्रोथ माइन्ड सेट’द्वारा सिर्जित विचार प्रगतिशीलता हो । सकारात्मकता हो । बुद्धिजीवी यसमा प्रस्ट हुनुपर्दछ । नेपाल र नेपाली समाजको समृद्धि, विकास तथा प्रगति ‘ग्रोथ माइन्डसेट’बाट मात्र सम्भव छ । (साँघु साप्ताहिक, २०८१ चैत ११)
प्रतिकृया दिनुहोस