🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसिसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, १३ वैशाख : आईसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन । बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पूजा महत्तो र कविता कुँवरले समान ८/८ रन जोडे ।

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *