🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला टी–२० क्रिक्रेट : भारतको दून हेरिटेज विजयी

झापा, ११ चैत : भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । नेपाल–भारतमैत्री सङ्घ कोशी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेल नेपालको मिलन क्रिकेट क्लब झापा र भारतको दून हेरिटेज सिलिगुडीबीच भएको थियो । जसमा दून हेरिटेज सिलिगुडी विजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले मौसमका कारण १२ ओभरमा सीमित गरिएको खेलमा ४ विकेट गुमाउँदै ६४ रनको मध्यम योगफल तयार गरेको थियो । त्यसमा ह्याप्पी सरकारले ३८ रनको योगदान गर्नुभएको थियो । जवाफमा मिलन क्रिकेट क्लबले निर्धारित ८ विकेट गुमाउँदै ५३ रन मात्र बनायो ।

विजयी टोलीबाट सर्वाधिक रन बनाउने ह्याप्पी सरकारले खेलको म्यान अफ द म्याचको पुरस्कार पाउनु भएको थियो । बिहीबार भारतको अर्को टोली अल्पाइन स्पोर्टिङ क्लब सिक्किम र आजको विजेता सिलिगुडीबीच हुनेछ । फाइनल खेल मिति २०८२ शनिबार हुने जनाइएको छ ।

क्रिक्रेटको माध्यमबाट नेपाल–भारतका महिला क्रिकेट खेलाडीलाई परिचित गराउने र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री सङ्घ झापा अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *