🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओरालो लाग्दै आएको नौ अंकले बढ्यो शेयर बजार

काठमाडौँ, १४ भदौ (रासस) : निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ । 

कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।

होटल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत् ५.३१, वित्त १.३२, निर्जीवन बीमा ६२.४६, उत्पादन ८.२६, अन्य ६.२७, माइक्रोफाइनान्स १४.०३ र जीवनबीमा २६.२१ बिन्दुले बढेको छ ।