काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७५ साल चैत ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई २०७५ साल चैतत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुखकार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थियो ।
पोखरेलले स्थापनाकालदेखि नै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । साथै २०६५ सालदेखि नैे दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्मा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
बैंकमा आबद्ध हुनु अगाडि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएका व्यक्तिका रूपमा परिचित छन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘‘भित्र सिस्टम र बाहिर इमेज’’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताएका छन् । नीतिनियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याउने गरी कामगर्ने प्रतिवद्धता व्यक्तगरेका छन् ।
डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थविद अध्यक्ष रहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको प्रवक्ता उमंग शर्माले बताएकी छिन् ।



