🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आत्मघाती हमलामा २५ जना मारिए

काबुल, ३० साउन : अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् । 

“पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ । शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताए ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले आक्रमणबाट कम्तीमा २५ जना मारिएका र अरु ३५ जना घाइते भएको जनाएका छन् । 

आक्रमणको तत्कालै कसैले जिम्मेवारी लिएको छैन । तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ । 

हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन् । यही साता अफगानिस्तानको पूर्वमा रहेको घज्नीमा तालिबानले गरेको भिषण आक्रमणबाट काबुल सरकारमाथि सैनिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । तालिबानले आफूले चाहेको समय र इच्छाबमोजिम काबुल वरपरका कुनै पनि ठाउँमा आक्रमण गर्न सक्दछ । 

घज्नीमा कम्तीमा १०० जना सुरक्षाकर्मी मारिनुका साथै सर्वसाधारण र लडाकूको हताहतीको स्पष्ट संख्या अझै आइसकेको छैन ।