🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङ्ग्रहालय बन्ने पालो अब रत्न मन्दिरको

पोखरा, ३० साउन  : प्रदेश सरकारले पोखरास्थित फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरिएको हो ।

नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । 

पूर्वराजपरिवारले सीतकालीन दरबार (विन्टर प्यालेस) का रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतिकका रुपमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीय बासिन्दाले माग गर्दै आएका थिए । स्व राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर विसं २०६३ को राजनीतिक परिवर्तनसँगै मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो ।

एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर विसं २०६७ देखि नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । रासस