🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फुटबल संघ एन्फा प्रादेशिक संरचनामा, भोटिङ राइट बढ्यो

सौराहा, ३० साउन : चितवनको सौराहामा सम्पन्न १७ औँ विशेष साधारणसभाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । प्रदेशस्तरीय संरचनानुसार अब सात प्रदेशमा १५ सदस्यीय तदर्थ समिति बन्ने र त्यसले छ महिनाभित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नेछ ।

 तदर्थ समिति गठनको जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । बुधबार सम्पन्न विशेष साधारणसभाले आर्थिक पारदर्शिताका लागि इतिहासमै पहिलो पटक आर्थिक नियमावलीसहित विधान संशोधन गरेको छ । साधासाधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले कार्यसञ्चालन नियमावली र कर्मचारी प्रशासन नियमावली पारित गरेको जानकारी दिए । 

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने तथा खेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ । दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र विद्यालयका खेलाडीसमेत सहभागी हुन पाउनेछन् । परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाइने छ । जिल्लाबाट छनोट भएकालाई प्रदेश र प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गराइने प्रवक्ता राईले जानकारी दिए ।

मतदाता थप 

यसअघि ७७ मत रहेको एन्फामा अब ९२ हुने भएको छ । नयाँ संशोधित विधानानुसार सि डिभिजनको क्लबबाट चार, डिभिजन बीबाट दुई, प्रदेश लिगबाट शीर्ष चारभित्र रहेकाहरुले मतदानको अधिकार प्राप्त गर्नेछन् । त्यस्तै पाँच जिल्ला संघ थपिनेछन् । त्यसमा प्रदेश ५ मा एक, ६ मा दुई र ७ मा दुई संघ थपिनेछन् । एन्फा विधानानुसार जिल्ला संघबाट एक एक मत दिन पाउने प्रावधान छ । 

जिल्लास्तरीय लिग 
सबै जिल्लाले जिल्ला लिग र नकआउट प्रतियोगिता गर्नुपर्नेछ । लिगका लागि कम्तीमा छ टोली न्यूनतम हुनुपर्ने विधानमा उल्लेख छ । जिल्ला लिग विजेताले प्रदेशको लिग खेल्न पाउनेछ । 

विशेष साधारणसभामा ४५ जिल्ला संघ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री) र एएफसीका प्रतिनिधि गरी ३०० प्रतिनिधि सहभागी थिए ।