🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौँ, १० वैशाख : झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज संयुक्त रुपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा सो भवन निर्माण हुन लागेको यहाँस्थित दूतावासले जनाएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा मुख्यमन्त्री तथा अन्यले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । —

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ