🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोजपुर गोल्डकप : एपीएफलाई हराउँदै आयोजक भोजपुर फाइनलमा

टक्सार (भोजपुर), १० वैशाख : नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मिति २०८३ वैशाख १० गते बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ । भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए । एपीएफका तर्फबाट कुनै गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् । प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ ।
–––

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ