🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’ : प्रहरी नायब महानिरीक्षक ढकाल

सशस्त्र प्रहरी नायव महानिरीक्षक वाहिनीपति कृष्ण ढकाल सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाले जनकपुरधाममा आयोजना गरेको सशस्त्र प्रहरीको १९औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः निरञ्जनकुमार साह/रासस

महेन्द्रनगर (धनुषा), १० वैशाख : सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाद्वारा आज जनकपुरधाममा आयोजित १९औँ स्थापना दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकालले सङ्गठनले सिमा सुरक्षा, सङ्गठित अपराध नियन्त्रण, मानव बेचबिखन तथा तस्करी रोकथामलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

सङ्गठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै जनविश्वास कायम राख्नुपर्नेमा प्रहरी नायब महानिरीक्षक ढकालले जोड दिनुभयो । साथै, विपद्का बेला उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरीको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा नागरिकको सुरक्षामा अझ समर्पित भएर लाग्न निर्देशन दिनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सशस्त्र प्रहरी बलले स्थानीय प्रशासनसँग समन्वय गरी शान्तिसुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति भीमबहादुर विष्टले विश्व तथा क्षेत्रीयस्तरमा देखिएका नवीनतम सुरक्षा चुनौती, खुला सीमाबाट उत्पन्न हुनसक्ने जोखिम तथा परिवर्तित भू–राजनीतिक परिवेशलाई मध्यनजर गर्दै सोहीअनुसार रणनीति अख्तियार गरी सशस्त्र प्रहरी बल परिचालन भइरहेको जानकारी दिनुभयो ।
–––

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ