सुनसरी, ६ वैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३, कोशी लोकमार्ग क्षेत्रबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८३ वैशाख ५ गते शनिबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा BR10 PB 2241 नम्बरको गाडी रोकी जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
बरामदसँगै गाडी चालक भारत सुपौलका सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यलय, विराटनगरले जानकारी दिएको छ।



