🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भैरहवाबाट शेखर गोल्छा पक्राउ, निजी क्षेत्रमै भूकम्प

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा २०८३ वैशाख १० गते भैरहवाबाट पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएकोखबर छ ।

गोल्छाको पक्राउ पछिल्लो समय चर्चामा रहेको विवादित सेयर कारोबार र बीमा कम्पनीहरूको रकम प्रयोग भएको भनिएको प्रकरणसँग जोडेर हेरिएको छ । धितोपत्र नियामक निकायको जाँचबुझमा व्यवसायी दीपक भट्ट र उनको समूहले विभिन्न बीमा कम्पनीहरूको करिब ४ अर्ब रुपैयाँ बराबरको रकम सेयर चलखेलमा प्रयोग गरेको निष्कर्ष निकालिएको र त्यससम्बन्धी थप अनुसन्धानका लागि प्रहरीतर्फ सिफारिस गरिएको विवरण सार्वजनिक भएको थियो।

उक्त प्रकरणमा गोल्छासहित केही व्यवसायीमाथि पनि अनुसन्धानको दायरा फैलिएको देखिएको छ । पक्राउअघि नै उनी हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएर बाहिरिसकेका थिए, जसलाई धेरैले बढ्दो दबाबबीचको संस्थागत दूरीका रूपमा हेरेका छन्।

यद्यपि, गोल्छामाथि लगाइएको कसुर, अनुसन्धानको औपचारिक आधार र आगामी कानुनी प्रक्रिया बारे सम्बन्धित निकायले विस्तृत सार्वजनिक जानकारी दिन बाँकी छ । त्यसैले यो प्रकरण अब निजी क्षेत्र, सेयर बजार, बीमा कोषको उपयोग र नियामक निगरानीमाथि एकैसाथ गम्भीर प्रश्न उठाउने दिशातर्फ गएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ