🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इटहरी गोल्डकप : युवा समाज मोरङलाई उपाधि

धरान (सुनसरी), ८ वैशाखः सोह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १-० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो ।

खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो ।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले रु पाँच लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डरतर्फ प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डरतर्फ प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षकतर्फ युवा समाज गछियाका प्रशिक्षक अर्जुन बस्नेतलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका फागुराम थारूलाई रु २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीतर्फ युवा समाज गछियाका सुजन चौधरीलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *