🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महरा लिंकले झन् गहिरियो भेप–सुन प्रकरण, अख्तियारद्वारा मुद्दा दायर

भेपभित्र सुन तस्करीः विमानस्थल भन्सारदेखि उच्च राजनीतिक तहसम्मको मिलेमतो उजागर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेप (इलेक्ट्रिक सिगरेट) भित्र सुन लुकाएर गरिएको तस्करी प्रकरणमा संगठित भ्रष्टाचार, कर्मचारी–राजनीतिक पहुँच र अन्तर्राष्ट्रिय गिरोहको मिलेमतो एकैसाथ उजागर भएको छ ।

२०७९ पुस १० गते फ्लाइ दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक LI HANG SONG ले ल्याएको दुई सुटकेसभित्र ७३० थान भेपमा सुन लुकाइएको पुष्टि भइसकेको छ । एक्स–रे जाँचमै शंकास्पद देखिए पनि भन्सारका कर्मचारीहरूले नियमानुसार चेकजाँच नगरी मिलेमतोमा सामग्री सुरक्षित राखेको नाममा हिनामिना गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

भन्सार अधिकृतदेखि सुरक्षागार्डसम्मको संलग्नतामा उक्त सामग्री कार्यालयभित्रै राखेर पछि सट्टापट्टा गरिएको, CCTV नदेखिने स्थानमा सारिएको र सुन निकालेर अन्यत्र बिक्री गरिएको तथ्य भेटिएको छ । एक भेपबाट परीक्षण गर्दा ९९.६ प्रतिशत शुद्ध सुन भेटिएको समेत खुलासा भएको छ ।

यस प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासहित विदेशी नागरिकहरूसँगको योजनाबद्ध संलग्नता देखिएको आरोप छ । उनीहरूले उच्च तहका भन्सार अधिकारीहरूलाई प्रभावमा पार्दै गैरकानुनी रूपमा सुन बाहिर लैजान पटक–पटक दबाब र सम्पर्क गरेको अनुसन्धानले देखाएको छ ।

मिलेमतोको जाल यत्तिकै सीमित रहेन । जफत गरिएको भनिएको सामग्री गोदामबाट परिवर्तन गरी सुन भएको भेप हटाएर नक्कली राखिएको, त्यसपछि उक्त सुन काठमाडौंका सुनचाँदी पसलमार्फत भारतीय नेटवर्कलाई बिक्री गरिएको देखिएको छ ।

अनुसन्धानअनुसार करिब ८.४८ केजी सुन (रु. ७ करोड ७८ लाख बढी मूल्य) बराबरको सम्पत्ति हिनामिना गरिएको छ । उक्त रकम विभिन्न व्यक्तिका बैंक खातामा राख्ने, जग्गा खरिद गर्ने लगायत माध्यमबाट शुद्धीकरण गरिएको पनि पुष्टि भएको छ ।

यस व्यापक भ्रष्टाचार र तस्करी प्रकरणमा संलग्न कर्मचारी, व्यापारी र अन्य व्यक्तिहरूविरुद्ध विशेष अदालत काठमाडौंमा २०८२ चैत २६ गते आरोपपत्र दायर भइसकेको छ । यो घटनाले नेपालको भन्सार प्रणाली, सुरक्षा संयन्त्र र राजनीतिक प्रभावबीचको गम्भीर कमजोरी तथा मिलेमतोको संरचना पुनः एकपटक उदाङ्गो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *