🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालमनोविज्ञान बुझ्न नयाँ पुस्तक : ‘कोमल अभिभावकत्व’ विमोचन

काठमाडौँ, ७ वैशाख : मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले ‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मी हाम्रो बालापन नेपालद्वारा सोमबार काठमाडौँमा मथुरा थापाद्वारा लिखित पुस्तक ‘कोमल अभिभावकत्व’ विमोचन तथा सम्मान कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिर : विमलबहादुर विष्टं/रासस

पुस्तकका लेखक थापाले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताउनुभयो । उहाँले आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहनुभएको छ । उहाँहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा धनन्जय रेग्मी सोमबार हाम्रो बालापन नेपालद्वारा काठमाडौँमा आयोजित मथुरा थापाद्वारा लिखित पुस्तक ‘कोमल अभिभावकत्व’ विमोचन तथा सम्मान कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवाललाई सम्मानित गर्नुहुँदै । तस्बिर : विमलबहादुर विष्ट/रासस

कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो भने बालमनोविद् डा पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *