🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’ सुरु, वैशाखभर विभिन्न सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर ‘डिजिटल मन्थ उत्सव’ सञ्चालन गर्ने भएको छ। बैंकले २०८३ वैशाख १ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म यो उत्सव मनाउने घोषणा गर्दै डिजिटल बैंकिङ सेवा प्रयोगकर्ताका लागि विभिन्न छुट र सुविधायुक्त योजना सार्वजनिक गरेको हो।

बैंकका अनुसार वैशाख महिनाभर सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकलाई विभिन्न डिजिटल सेवामा विशेष छुट, क्यासब्याक र वार्षik शुल्कमा सहुलियत प्रदान गरिनेछ। निष्क्रिय डेबिट कार्ड पीओएस वा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकलाई कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक दिइने योजना रहेको छ।

त्यसैगरी, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कमर्स कार्डका लागि अनुरोध गर्ने ग्राहकलाई इस्युयन्स चार्जमा ५० प्रतिशत छुट दिइने बैंकले जनाएको छ। निष्क्रिय व्यवसायिक क्यूआर प्रयोगकर्ताले आफ्नो क्यूआर पुनः सक्रिय गराएमा पनि कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको छ।

बैंकले होटल तथा रेष्टुरेन्टमा पीओएस मेशिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट दिने योजना पनि ल्याएको छ। त्यस्तै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधाका लागि अनुरोध गर्ने ग्राहकले वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

यसैगरी, पारिवारिक सदस्यका नाममा नयाँ खाता खोल्दा प्रति खाता १०० रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ। मोबाइल बैंकिङमार्फत इन्टरनेशनल रेमिट्यान्सको रकम भुक्तानी लिने ग्राहकलाई २०० रुपैयाँ क्यासब्याक दिने योजना पनि बैंकले अघि सारेको छ। सिटिजन्स फोनपे क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट दिने अफर पनि सार्वजनिक गरिएको छ।

बैंकले यी सबै कार्यक्रम आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउनुका साथै डिजिटल कारोबारलाई अझ विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको जनाएको छ।

सिटिजन्स बैंकले आफू ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि प्राप्त गर्न सफल भएको उल्लेख गर्दै यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको जनाएको छ।

हालसालै बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सुरु गरेको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदनसी–आर–एन नम्बर सेवा लिन सकिने सुविधा पनि सुरु गरिएको छ। साथै, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *