🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, ५ वैशाख : पहिलो संस्करणको आईसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन् । कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक÷एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *