🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कटारी गोल्डकप : जष्ट जोन नाइजेरिया फाइनलमा

कटारी, ३ वैशाख : नाइजेरियन क्लब जष्ट जोन उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न सेमिफाइनल खेलमा जष्ट जोनले टाइब्रेकरमा साविक उपविजेता शहलेस फुटबल क्लब, सिरहालाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । निर्धारित खेल अवधिमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो ।

खेलको निर्धारित समयमा शहलेसका लागि खेलको दुई मिनेटमै राज भुसालले गोल गरेर अग्रता दिलाए । तर खेलको २६औँ मिनेटमा जष्ट जोनका लागि डेमोला हमजादले गोल गरेर बराबरी गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

टाइब्रेकरमा जष्ट जोनका लागि अबमल्हा हमजाद, सुनकनाल सोयन्का, फेमी एडेसिना र ओलाए डेभिसले गोल गरे । शहलेसका लागि अनील पाँचेमगर, अजित चौधरी र निश्चल लामाले गोल गरेका थिए । शहलेसका विदेशी (नाइजेरियन) खेलाडी एनिसेट र सुशील यादवको वललाई जष्ट जोनका गोलरक्षक डोडो अलुले रोके ।

खेलको म्यान अफ दी म्याच जष्ट जोनका गोलरक्षक अलु घोषित भए । उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले रु पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गरे ।

प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपाधिका लागि यही वैशाख ५ गते जष्ट जोनले चात्यासा फुटबल क्लब, झापासँग प्रतिस्पर्धा गर्नेछ ।

चात्यासा फुटबल क्लबले बुधबार सेमिफाइनलमा आयोजक कटारी–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगितामा आमन्त्रित नाइजेरियाको जष्ट जोन र भारतको रिभर दी स्पोर्टिङ सिक्किम र नेपालका ६ टोली सहभागी भएका थिए । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *