काठमाडौं, फागुन २४ गते । सप्ताह ब्यापी रुपमा अन्तराष्ट्रिय नारी दिबस मनाइरहेकै बेलाहाम्रो समाजमै कतिपय मानबजीबन लिएर जन्मेका ब्यक्तिहरु कतिसम्म नरपिपासु हुन्छन कि जसले सानी बालिकालाई बलात्कार गर्न कुनै धक नमानेको घटना बाहिर आएको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकी आठ वर्षीया बालिका सामूहिक बलात्कारबाट गभीर घाइते भएपछि उनलाई राजधानी ल्याएर उपचार प्रारंभ गरिएको छ ।
गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ती बालिकालाई समातेर जबर्जस्ती बलात्कार गरेका थिए ।
एक हप्ता अगाडि अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा ती बालिका मू र्छित अवस्थामा फेला परेकी थिइन ।
केही अपराधिक समूहका ब्यक्तिहरुले गरेको सामूहिक बलात्कारबाट अचेत फेला परेकी बालिकालाई परिबारका सदस्यले बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उनीमाथि बलात्कार भएको चिकित्सकहरुले प्रमाणित गरेकाथिए। बालिकाको अवस्था चिन्ताजनक रहेको र सोही अस्पतालले थप उपचारको लागि काठमाडौं पठाएपछि हालबालिकाको उपचार काठमाडौंको ग्रीन सिटी अस्पतालमा भैरहेको छ ।
गम्भीर घाइते भएकी बालिकाको अबस्था अत्यन्त दर्दनाक भएको जानकारी पाउना साथ ग्रिनसिटी अस्पतालले ती बालिकाको सम्पूर्ण उपचार खर्च निशुल्कगर्ने गरी सो अस्पताल पुरयाएको थियो ।
बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको यौंनागमा गहिरो घाउ भएको उपचारमा संलग्न डा.रुपाझाले जानकारी गराएकी छिन । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति खतरामुक्त रहेको डा झाले बताएकी छन ।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले ८ बर्षीय बालिकाको सम्पूर्ण उपचार खर्च हस्पिटलले निशुल्क गरिदिने भन्दै ‘‘निकै दुखलाग्दो र गम्भीर अपराधिक घट्ना भएको भन्दै हाम्रो समाजभित्रै रहेका यस्ता अपराधीलाई मानब अधिकारको कुरा नगरी झुण्ड्यानुपर्ने बताएका छन ।
रक्षा नेपालले सयोजनमा काठमाडौ ल्याई उपचार भैरहकी बालिकाको गरीब परिबार भएकोले पनि सबैको सहयोग आबश्यक रहेको आफन्तले बताएका छन ।रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले भएका कानूनलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने र यस खाले अपराधीलाई बिना हिच्किचाहट कडा कारबाहीगर्ने कानून बनाउनु पर्ने र बलात्कारमा संलग्न अपराधीलाई कडा कारबाहीगर्न माग गरेकी छिन । उनले ती बालिकाको अध्ययनएवं अन्य अत्याबश्यक कुराका लागि सरकारले सहयोग गर्नुपर्ने कुरामा पनि जोड दिएकी छन ।
यो घटना त बाहिर आयो तर गाउँमा कैयौ यस्ता घटनाहरुलाई बाहिर नै ल्याउन दिदैनन् । दुइ दिनदेखि राजधानीलगायतका शहरमा रयाली र पाँच तारे होटलमा गोष्ठी गरेर विश्व नारी दिबस मनाउने गरिएको छ तर यही बेला बिचरा ८ वर्षीय बालिका बाख्रा चराउन जाँदा सामूहिक हुन्छिन भने नारी कसरी सम्माजनकरुपमा बाँच्न सक्छन भन्ने प्रश्न उठेको छ । –पी टी



