🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परराष्ट्रविदहरुले यसरी केलाए पाकिस्तानी प्रमंको नेपाल भ्रमण

परराष्ट्रविदहरुले यसरी  केलाए पाकिस्तानी प्रमंको नेपाल भ्रमण  

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे धेरै मित्रहरूले मेरो विचार जान्न फोन गरिरहनुभएकोले आफ्नो विचार बुँदागत रूपमा यसरी राख्दछु !
*****

१. नेपालको सन्दर्भमा यति संवेदनशील भ्रमण अपर्झट निर्णयबाट भएको हुन सक्दैन I

बधाई दिने उध्देश्य मात्रैले यति उच्चस्तरीय भ्रमण भएको नहोला – पाकिस्तानका विदेशमन्त्री वा अन्य कुनै उच्चाधिकारीले  बधाई संदेश लिएर आउन सक्थे !
सार्क सम्मेलनको विषय मात्र पनि नहोला ।

*****

२. यो भ्रमणको लागि ओली सरकार र पाकिस्तानी सरकारले लामो गृहकार्य गरेको हुनुपर्दछ !

यसमा चीनियाँ पक्ष पनि जोडिएको हुनुपर्दछ !
ओलीजीका केही भारतीय मित्रहरूसँग पनि परामर्श नभई यो भ्रमण भएको नहोला !
नेपाली राजनीतिका केही पक्षहरू र भारत र चीनलाई केही स्पष्ट सङ्केत र सन्देश दिने उध्देश्य पनि ओली सरकारले राखेको देखिन्छ !

*****
 

३. ओलीको यो निर्णयले स्वतन्त्र परराष्ट्र नीतिको संचालनमा वीपी कोइराला र राजा महेन्द्रको स्मरण गराउँछ !

तर वीपी र राजा महेन्द्रको पालाको जस्तो बलियो राज्य अहिले नेपालसँग छैन !
राजनीतिकरूपमा ओली त्यति शक्तिशाली छैनन् !
 

क्रमभङ्गताको नाउमा प्रचण्डले कुनै पनि दिन सरकार छोड्ने निर्णय गर्न सक्दछन् ! 
त्यसकोलागि उनलाई वाध्य पनि पारिन सक्दछ ! 
वीपी र राजा महेन्द्रकै जस्तै सूक्ष्म र गहन कूटनीतिक कौशल पनि अहिलेको राज्यसँग छैन कि ? 
त्यो प्रदर्शन होस् – शुभकामना !

******

४. यो निजी भ्रमण थिएन । टुँडिखेलमा गार्ड अफ अनर दिने राज्य अभ्यासको थालनीकै लागि पाकिस्तानी प्रधानमन्त्रीलाई चयन गरिएको छ –

नेपालको कूटनीतिक इतिहासमा यो विशिष्ट घटना हो I
 

तर नेपाल आउने विशिष्ट पाहुनाहरूले विपक्षी दलका नेताहरूलाई भेट्ने स्थापित अभ्यास थियो तर यो भ्रमणमा प्रमुख प्रतिपक्षी दल मात्र नभएर वर्तमान नेपालमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुख रहेका काङ्ग्रेस अध्यक्ष शेरबहादुर देउवासँगको भेटघाटबारे पढिएन–सुनिएन ! 
त्यो सार्वजनिक भएन ! 
 

त्यस्तो भेटघाट नभएको भए त्यो अर्को जटील पक्ष हो ! यसले मुलुकको परराष्ट्र नीतिमा प्रमुख प्रतिपक्षी दलले स्वामित्व लिने वातावरण बन्दैन र त्यसले उत्पन्न गर्ने दवाव र तनाव ओली सरकार र मुलुकलाई सजिलो हुन्न !

-Keshav Prasad Bhattarai

Top of Form