🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन पूर्व क्रिकेटरलाई \’आईसीसी हल अफ फेम\’ सम्मान

काठमाडौँ । आईसीसीले तीन पूर्व क्रिकेटरलाई 'आईसीसी हल अफ फेम' सम्मान दिएको छ ।

आईसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई 'आईसीसी हल अफ फेम' सम्मान दिएको हो ।

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी- २० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५. एकदिवसीय खेलमा ९ हजार ५७७ र टी- २० मा १६७२ रन बनाएका छन् ।

त्यस्तै इङ्ल्याण्डका पूर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए । त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् । आईसीसीले हरेक बर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई 'आईसीसी हल अफ फेम' बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी इङ्ल्याण्डका ३३ क्रिकेटरले आईसीसी हल अफ फेममा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्यूजील्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् । आईसीसीले २००९ देखि 'आईसीसी हल अफ फेम' सम्मान घोषणा गर्न थालेको हो ।