🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित

काठमाडौं । यूईएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।  

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो । कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । यसैगरी ५८औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघि बढेको थियो ।

 ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए । टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै  ७९औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जीतसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यही समूहमा रहेको ग्रीसले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । ग्रीसका कप्तान टासोस बाकासेटास र विङ्गर डिमिट्रिस जोलिसले एक एक गोल गरेका थिए । खेलको ५२औं मिनेटमा कन्स्टान्टिनोस कुलियेराकिसले दिएको बललाई बाकासेटासले बक्सभित्र नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

त्यसको चार मिनेटपछि, डिमिट्रिस जोलिसले गोल गरेपछि ग्रीसको जित पक्का भएको थियो । ग्रीसले नेशन्स लिगको समूह चरणमा इंग्ल्याण्डपछि दोस्रो स्थानमा छ । नेसन्स लिगअन्तर्गत समूह ए२ को खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराउँदै शीर्ष स्थान पक्का गरेको छ । खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थिए ।

 
३३ औं मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए । ३५ औं मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थियो । ६५ औं मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।

उता, नर्वेका एर्लिङ हालान्डले कजाकिस्तानविरुद्ध ५–० को जितमा ह्याट्रिक गर्दै टोलीलाई समूह बी३ मा शीर्ष स्थानमा पु¥याएका छन् । पहिलो हाफमै दुई गोल गरेका हालान्डले दोस्रो हाफमा अर्को गोल थपे । एन्टोनियो नुसाले दुई गोल गर्दै नर्वेको जितमा योगदान दिएका थिए । यस जितसँगै नर्वेले अष्ट्रियालाई पछि पार्दै नेशन्स लिगको शीर्ष स्थान पक्का गरेको छ ।