🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशभरका विभिन्न स्थानमा भारी वर्षा, ठाउँ-ठाउँमा बाढी र पहिरो (सचित्र समाचार)

काठमाडौँ । देशभरका विभिन्न स्थानमा भारी वर्षा, ठाउँ-ठाउँमा बाढी र पहिरो ।

सचित्र समाचार :

\"\"

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

\"\"

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दमौली नजिक निरन्तर परेको पानीका कारण शनिबार बिहान भासिएको सडक । यस ठाउँमा 'डाइभर्सन 'निर्माणका लागि सडक खनिएका कारण सडक भासिएको हो । तस्बिर : कृष्ण न्यौपाने / रासस

\"\"

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरो । पहिरोका कारण दमौली -डुम्रे सडकखण्ड अवरुद्ध छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

\"\"

गोरुसिंगे-सन्धिखर्क सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडामा पहिरोले अवरुद्ध भएको सडक । तस्बिरः प्रेमनारायण आचार्य / रासस

\"\"

धादिङको नीलकण्ठ नगरपालिका-८ मा पहिरोले अवरुद्ध बनेको धादिङबेसी-मलेखु सडकखण्ड । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य सडक पहिरोले दुइतर्फी अवरुद्ध बनेको छ । तस्बिर : शंकर श्रेष्ठ / रासस

\"\"लगातारको वर्षाका कारण गएराति माईखोलामा आएको बाढीले क्षतिग्रस्त इलाम नगरपालिका-१० राजदुवालीस्थित इलाम-दानाबारी सडक । बाढीका कारण सो सडक अवरुद्ध भएको छ । तस्बिर : रामकुमार लिम्बू / रासस

\"\"

नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

\"\"

लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका-२ मा रहेको बस्तीमा पसेपछि घरका सामान काठको डुङ्गामा राखेर सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिर : कृष्ण आचार्य / रासस

\"\"

लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका-२ मा रहेको बस्तीमा पसेपछि घरमा पालिएको कुकुरलाई सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिर : कृष्ण आचार्य / रासस

\"\"

ललितपुरको इमाडोल र भक्तपुरको बालकोटबीचको गोदावरी खोलामा शनिबार बिहान आएको बाढी डुबानमा परेको क्षेत्र । खोलामा जलसतह बढेपछि दुबैतर्फको बस्तीमा बाढीको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ। तस्बिर सौजन्य : आदित्येन्द्र झा / रासस

\"\"

मनोहराखोलमा आएको बाढीले डुबानमा परेको कोटेश्वर बालकुमारीस्थित राधाकृष्ण मन्दिर । तस्बिर : किरणराज बिष्ट / रासस

\"\"

मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी खोला आसपासको क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस