🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विराटनगरबाट सुनका गहनासहित दुई जना पक्राउ

विराटनगर, २६ वैशाख ।विराटनगरबाट प्रहरीले सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट  पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेकोमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले सोमबार राति ९ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रातको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो । पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार जम्मा सुन ९ तोला ४३ लाल छ । त्यसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ ।

सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्ववयलाई पक्राउ गरिएको दाहालले बताए । उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको डीएसपी दाहालले बताए ।