तनहुँ, १८ चैत : तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई चैत १८ गते शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पाल्पामा १२ वर्षीया बालिका बलात्कृत
काठमाडौं, १८ चैत । पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिका बलात्कृत
ललितपुर, १८ चैत । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई चैत १६ गते बुधबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
न्युज कारखाना



