🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कमल थापाले फेरि अर्काे \’मुसे\’ चमत्कार गर्न लागे !!

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग मिलेर दशैं र तिहारलाई बिर्साउने मनोरञ्जन गराउने भएको छ । पाँच मन्त्री मागेका थापा सरकारमा उपप्रधानमन्त्रीका रुपमा पस्दैछन् । रोचक त के छ भने उनी गृहमन्त्री बन्दैछन् । उनको साथमा दिलनाथ गिरी पनि मन्त्री बन्न तयार भएर बसेका छन्, गिरी चाहिँ उर्जा मन्त्री बन्दैछन् ।

कमल थापा सरकारमा पस्नुको अर्थ हो, प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रलाई सरकारबाट निकाल्दैछन् । एमाले र माओवादी केन्द्रलाई फुटाउने भित्री खेलोमेलो लगभग असफल भएपछि देउवाले माओवादीलाई विदा गरेर कमल थापालाई सरकारमा भित्र्याउन लागेका हुन् । त्यसो त सरकारमा भित्रन राजपा पनि तयार छ तर त्यो पार्टीबाट मन्त्री बन्नेको नाममा सहमति हुन लगभग असम्भव देखिएकोछ । त्यसैले राजपा सरकारमा जान मुश्किल देखिएको छ ।

राप्रपा फुटेर दुई भाग भएको थियो । बहुमत साथमा भएको पशुपति शमशेर नेतृत्वको राप्रपाले सरकारमा दुईटा मन्त्री त्यो पनि अरुले नलिएर उब्रिएको कमाइ नहुने मन्त्रालय हात पारेको छ । तर, अल्पमतका थापाले भने गृहमन्त्रालय तथा मालदार मन्त्रालय सहित उपप्रधानमन्त्री पड्काउने भएका छन् । मुसा प्रवृत्तिका नायक भनेर कहलिएका कमल थापाको सरकार प्रवेशलाई कांग्रेसका एक सांसदले टिप्पणी गर्दै भने, सरकारमा मुसा प्रवेशको तयारी भइरहेको छ ।

उनले माओवादीले कांग्रेसलाई ध्वस्त बनाएर गयो, अब कमल थापाले चुनावमा कांग्रेसलाई ध्वस्त बनाउने चिन्ता प्रकट गरे ।

कमल थापाको सफलता यतिमा मात्र सीमित छैन । उनले कांग्रेसँग गठवन्धन गर्ने पक्का भएको छ । उनले केन्द्रमा कांग्रेससँग सात सिट र प्रदेशमा तीस सिट हात पार्ने भएका छन् । सात सिट र तीस सिटमा चुनाव लडेर राप्रपाले कति सिट पाउँछ अनिश्चत छ तर थापा स्वयं चाहिँ प्रत्यक्षमा चुनाव नलड्ने भएका छन् । पहिलो संविधानसभामा प्रत्यक्षमा चुनाव लडेर पराजित भएका थापा त्यसपछि समानुपातिकबाट सांसद बनेका थिए । अहिले पनि उनी समानुपातिककै चक्करमा रहेको बुझिन्छ ।

तर, राप्रपाभित्र उनी प्रत्यक्षबाट चुनाव लड्नुपर्ने आवाज उठिरहको छ । उता, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पार्टीका सबै पदाधिकारी प्रत्यक्ष चुनाव लड्नुपर्ने नेतृत्व तय गरेको छ । यस्तो निर्णयसँगै समानुपातिकको चक्करमा लागेकाहरु निराश भएका छन् । उनले बहालवाला सांसद सबैले प्रत्यक्ष लड्नुपर्ने पनि निर्णय पार्टीबाट गराएका छन् ।

एकातिर सबैले प्रत्यक्ष चुनाव लड्नुपर्ने निर्णय गराइरहेका गच्छदार स्वयंले चाहिँ भित्रभित्रै कांग्रेससँग तालमेल होइन एकीकरण नै गर्ने निर्णय गरिसकेको बुझिन्छ । तर, उनलाई कांग्रेसमा आउन नदिन शेखर कोइराला, विमलेन्द्र निधि , चित्रलेखा यादवहरु ज्यान फालेर लागेको स्रोत बताउँछ ।