🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धिमेबाजामा नसंचानासः खल पहिलो

नगरकोट, २१ असोज (रासस) :  काठमाडौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगितामा नसंचानासःखलले प्रथम स्थान हासिल गरेको छ ।मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा असोज  २० गते शुक्रबार आयोजित प्रतियोगितामा २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार दाजुभाइको समूह नसंचानासले एक सय पूर्णाङ्कमा ९१.५ अंक पाएर प्रथम स्थान हासिल गरेको हो । पहिलो संस्करणको समेत विजेता रहेको नसंचाले उपाधिसँगै एक थान धिमेबाजा र एक–एक जोडी सिछ्याय तथा भुछ्याय पुरस्कार हात पारेको छ ।

त्यस्तै काठमाडौँस्थित बालकुमारी धिमे खल भने गोला प्रथाबाट दोस्रो र ठिमीस्थित मानन्धर मचापुचः तेस्रो भएका छन् । बालकुमारीले उपविजेताको उपाधि, पदक र प्रमाणपत्रसँगै एक थान धिमेबाजा र एक जोडी भुछ्याय पुरस्कार प्राप्त गरेको छ । तेस्रो मानन्धर मचापुचःले भने एक थान धिमेबाजा प्राप्त गरेको छ । भक्तपुरको घट्खादाफाधिमे खलले भने सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा मध्यपुरथिमिको मानन्धर युवा समूहले उत्कृष्ट वेशभूषा तथा काठमाडौँको श्रीनाथ गुरु पुचःले उत्कृष्ट हाउभाउको उपाधि पाएका छन् ।

प्रतियोगी धिमे बाजाका खल तथा पुचःलाई तिनीहरुको प्रस्तुतिका लागि पाँच मिनेटको समय दिइएको मानन्धर व्यायाम मन्दिरका अध्यक्ष तुलसीकाजी मानन्धरले जानकारी दिए । उनका अनुसार धिमेबाजाको बोल तथा तालका लागि ५०, वाद्यवादनको हाउभाउका लागि २०, वेशभूषाका लागि १५, अनुशासनका लागि १० र बाँकी पाँच गरी एक सय अंक छुट्याइएको थियो ।

निर्णायकमा वरिष्ठ वाद्यवादक गुरु श्रीगोपाल प्रजापति, शेषनारायण महर्जन, मोहन व्यञ्जनकार, राजकुमार त्वायना र विष्णुबहादुर मानन्धर रहेका थिए थियो । प्रतियोगिताका विजेता, उपविजेतालगायतलाई उपाधि, पदक र प्रमाणपत्रसहित पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कला, संस्कृति र गीत–संगीतमा धेरै शक्ति भएको बताए  ।
–––