🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी

काठमाण्डौं, असोज २१ । स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुनरगठन गरेको छ । प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिति अब जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । स्वास्थ्य मन्त्रालय (मा.मन्त्री स्तरको) निर्णय अनुसार स्थानीय स्वास्थ्य संस्थाको संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाँउ पालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय भएको खबर छ ।

जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाँउ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा बन्ने समिति  ७ सदस्यीय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख, स्थानीय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानीय लब्धप्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन् । समितिको सदस्य सचिव भने प्राथामिक स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी प्रमुख हुने मन्त्रीस्तरिय निर्णय भएको छ ।