काठमाडौं । बुद्ध एयरको आपतकालीन प्रतिक्रिया योजना (इआरपी–भ्च्ए) कुनै पनि अप्रत्याशित रुपमा आउन सक्ने सम्भावित संकटसँग जुध्नको लागि निर्माण गरिएको योजना हो । यसले विभिन्न पक्षहरुलाई समेटेको हुन्छ । कर्मचारी तालिम, नियामक निकायसँगको समन्वय, प्राविधिक विश्लेषणदेखि विविध पक्षहरुलाई समेटेर तयार पारिएको इआरपी योजनाले प्रशिक्षित कर्मचारी र प्राविधिकहरुलाई सम्भावित आपतकालीन अवस्थाका लागि तत्पर अवस्थामा राखेको हुन्छ ।
प्रशिक्षण कार्यक्रमहरूले आपतकालीन योजना र प्रतिक्रियाका विभिन्न पक्षहरूलाई समेट्छ । इआरपीले कर्मचारीहरू संकटको सामना गर्न तत्पर राखेको हुन्छ । बुद्ध एयरमा, भित्रका सबै कर्मचारीहरूका लागि इआरपी तालिम अनिवार्य गरिएको छ ।
विमानस्थल र बाहिरका तोकिएका कर्मचारीहरू जो टोलीका सदस्य छन्, यो प्रशिक्षण समावेश हुने गरेका छन् । संकट व्यवस्थापन गर्न र प्रभावकारी रूपमा सञ्चार गर्न क्षमता निर्माण गर्न व्यवहारिक अभ्यास प्रदान यस तालिमले गरेको हुन्छ । ‘हाम्रो तालिम विभिन्न प्रकारका आपतकालीन अवस्थाहरू र उपयुक्त प्रतिक्रिया उपायहरू बुझ्नमा ध्यान केन्द्रित गर्दछ,’ मावन संसाधन निर्देशक खगेन्द्र बस्नेतको दावी छ, ‘यसबाट कुनै पनि घटना वा दुर्घटनाको व्यवस्थापनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिले सहजै सहभागी भई काम गर्न सक्दछन् ।’
इआरपी अन्तर्गत तालिम लिएका विशेष टोलीले लक्षित तालिम प्राप्त गरेका हुन्छन् । उदाहरणका लागि गो–टिमले घटनास्थलमा प्रत्यक्ष संलग्न गरेर विश्लेषण र व्यवस्थापनको काम गर्दछ भने ‘फेमिली एण्ड फ्रेण्ड्स रिसेप्सन टिम’ले यात्रुका आफन्तसँग सहकार्य गर्दछ । मिडिया ह्याण्डलिङ टिमले सही सूचना प्रवाह र जानकारी प्रदान गर्ने काम गर्दछ । ‘आपतकालीन अवस्थामा सही सूचना प्रवाह अपरिहार्य हुन्छ र यसका लागि हाम्रा कर्मचारीहरु उपयुक्त किसिमले प्रशिक्षित छन् ।’ बस्नेतको दावी छ ।
सुरक्षाका लागि बुद्ध एयरको प्रतिबद्धता आन्तरिक तालिममात्र नभई भन्दा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर प्रशिक्षक ल्याउने र प्रशिक्षण गर्न आफ्ना कर्मचारीहरु पठाउने कार्य पनि गरिरहेको जानकारी दिएको छ । बुद्ध एयरले विश्वका विभिन्न देशका प्रशिक्षण केन्द्रहरूमा आफ्ना कर्मचारीहरू पठाएर उत्कृष्ट अभ्यास र तालिम प्राप्त गर्न अवसर पनि प्रदान गर्दै आएको छ । यसले आपतकालीन प्रतिक्रिया रणनीतिहरूको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
व्यापक कर्मचारी प्रशिक्षण कार्यक्रम
एयरलाइन्सले उत्कृष्ट आन्तरिक एयरलाइनको रूपमा आफ्नो प्रतिष्ठा कायम राख्न प्रशिक्षणमा पनि उल्लेखनीय लगानी गर्दै आएको छ । ईआरपी तालिम र अभ्यासमा बुद्ध एयरले वार्षिक करिब १ करोड नेपाली रुपैयाँ खर्च गर्दै आएको बताएको छ । ब्ुद्ध एयरका विज्ञहरूलाई पनि समयानुकूल तालिम र अभ्यास प्रदान गर्ने काम पनि हुँदै आएको छ । प्रशिक्षण आपतकालीन प्रतिक्रियामा सीमित छैन । आपतकालीन उद्धार सम्बन्धी माात्रै तालिम र प्रशिक्षण नभएर बुद्ध एयरले फ्रन्ट डेस्कका स्टाफ, ग्राउण्ड अपरेशन स्टाफ, ग्राहक सेवा प्रतिनिधिहरुलाई सेवा सम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ । निर्देशक बस्नेत भन्छन्, ‘तालिम दक्षता र अभ्यासमा आधारित हुन्छ र यसले कर्मचारीहरुलाई तयारी अवस्थामा राखेर उनीहरुको भूमिका सुनिश्चित गर्दछ ।’
क्याबिन क्रु सदस्यहरुले पनि उडानमा हुने आपतकालीन अवस्था जस्तै मेडिकल इमरजेन्सीको अवस्थामा र टर्बुेलेन्सको सामना गर्नुपर्ने अवस्थाका लागि विशेष तालिम प्राप्त गरेका हुन्छन् । बुद्ध एयरका अनुसार, प्राथमिक उपचार, सीपीआर, यात्रुसँग प्रभावकारी संवादका लागि विमानका सदस्यहरु प्रशिक्षित हुन्छन् । त्यसैगरी, कार्गाेको उचित र सुरक्षित व्यवस्थापन सुनिश्चित गर्नका लागि लोडर तालिम पनि कर्मचारीलाई प्रदान गरिएको हुन्छ ।
यस्ता व्यापक तालिम र अभ्यासहरुले बुद्ध एयरको यात्रुको सुरक्षा र उत्कृष्ट सेवाका अतुलनीय प्रतिबद्धताको उजागर गर्दछ । यात्रु तथा कर्मचारीको सुरक्षा र सु–स्वास्थ्यको सुनिश्चितता गर्र्दै बुद्ध एयर उड्डयन क्षेत्रमा अग्रणी स्थानमा रहँदै आएको छ । (साँघु साप्ताहिक, २०८१ साउन १४)



