🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौँडा उपमहानगरपालिकामा बाघको बढ्दो आतंक 

हेटौँडा । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ । शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजाल मार्फत जानकारी दिएका छन् । 

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसंग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।