• शुक्रबार-कार्तिक-२-२०८१

माओवादी प्रचण्डको निजी कम्पनी बनेपछि...!

 

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल  प्रचण्डको राजनीतिक जीवनका उतारचढावपूर्ण समय आएको छ । सत्ताबाट ओर्लिएपछि प्रचण्डमाथि  पार्टीबाटै प्रश्न उठाउन थालिएको छ । कुनै बेला  १२१ सिट सहित देशको पहिलो शक्ति रहेको माओवादीलाई अहिलेको रसातलमा ल्याउने काम प्रचण्डले नै गरेका हुन् ।  उनको भूमिका र आफूमाथि  प्रश्न उठाउनेलाई किनारा लगाउने परिपाटीले  गर्दा प्रश्न गर्नेहरु  बाहिर  गए अनि पार्टी झन् कमजोर भयो ।  संगठन विस्तार हुन सकेन ।  पछिल्ला १८ बर्षको इतिहासमा भन झन्डै  १५ वर्ष माओवादी सत्तामा रहेको छ । ती १५ वर्षमा माओवादीले नागरिकलाई के दियो भन्ने प्रश्न उठिरहेको छ ।

 

युद्धका सपना  पूरा गर्न त परको कुरा सामान्य मुद्दा सम्बोधन गर्न पनि समस्या भइरहेको छ । माअ‍ोवदीले  केही पनि गर्न नसक्ने तर सत्तामा गइरहनुपर्ने भएकै कारण उसको साइजमा पनि गिरावट आएको विश्लेषणलाई सही मान्नु पर्ने भएको छ । त्यसैले, नेपालको इतिहासमा माओवादी कमजोर शक्तिको रुपमा देखिन थालेको हो । त्यही बेलामा पार्टीभित्र अहिले लगभग चार दशक पार्टीको नेतृत्व गरेका  प्रचण्डमाथि प्रश्न उठ्न थालेको छ । नेताहरुले  प्रचण्डको कार्यशैलीमा प्रश्न उठाइरहेका छन् । तर, प्रचण्डले त्यसको जवाफ भने मौनताले दिइरहेका छन् । पछिल्ला दिनमा एमालेसँगको सहकार्यमा नेताहरुले प्रश्न उठाउन थालेका छन् । पार्टीमा सामान्य छलफल पनि नगरी  निर्णय लिने र  लिएको निर्णय पनि कति भरपर्दो हो भन्ने नहुँदै अर्को निर्णयमा पुग्ने गरेका कारण  प्रचण्डले अहिले धोका पाएको पनि माओवादीभित्र चर्चा छ । 


  माओवादीभित्र चलेको यो चर्चाको जवाफ प्रचण्डले दिएका छैनन् । पार्टीलाई निजी कम्पनीको रुपमा चलाउन थालेकै कारण समस्या आएको र एमालले अध्यक्ष ओलीले  अहिले  बदला लिएको पनि नेताहरुले बताउन थालेका छन् । नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा,  मातृका यादवलगायत दर्जनौ नेताहरुको मत उक्त कुरामा केन्द्रित रहेको बताइन्छ । प्रचण्डमात्र होइन, वर्षमान पुनको पनि आलोचना बढेको छ । अर्थमन्त्री हुनका लागि गठबन्धन फेर्न प्रचण्डलाई उकास्ने नेताको रुपमा पुनको आलोचना हुन  थालेको हो ।  अससफल  अर्थमन्त्रीका रुपमा देखिएका पुनलाई पार्टीभित्र  पनि त्यसरी नै चित्रित गर्न थालिएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीका नेताहरुविरुद्ध पनि षडयन्त्र गरेर पुनले अवसर नै अवसर हासिल गरेको भन्दै प्रश्न उठ्न थालेको छ । (साँघु साप्ताहिक, २०८१ साउन ७) 
 

प्रतिकृया दिनुहोस