• शुक्रबार-कार्तिक-२-२०८१

श्रीमानले पोखराको होटलमा अलपत्र पारेर छोडेपछि श्रीमतीको हारगुहार

पीडित आरती पासवान र मनिस साहकाे जाेडी

काठमाडौँ,२ कार्तिक । जनकपुरका एक युवाले आफ्नो श्रीमतीलाई पोखराको होटलमा लगेर अलपत्र पारेर वेपत्ता भएका छन्।  जनकपुरका मनिस साह नाम गरेका युवाले सप्तरीको खडक नगरपालिका पनसेरा गाउँकी आरती पासवानलाई पोखराको एक होटलमा लगेर अलपत्र बनाएको बताइएको छ ।

 

झण्डै एक वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले २०८१ भदौ ५ गते राजीखुसीमा विवाह गरेका थिए । विवाह गरेपछि मनिसले श्रीमती आरतीलाई आफ्नो घरमा लिएर गएका थिए ।  तर, साहको बुबाआमाले  बुहारी सानो जातको भन्दै घरभित्र पस्न दिएनन् ।

 

त्यसपछि साह आफ्नी श्रीमती आरतीलाई लिएर पोखरा पुगे । पोखराको एक होटलमा रुम लिएर त्यहीँ राख्ने निर्णय गरे । तर दुई साता नबित्दै श्रीमतीलाई अलपत्र पारेर भागे ।

 

आरतीको अनुसार दुई सातापछि सामान किन्न जाने बहानामा साह  होटल बाहिर निस्किए । उनी घन्टौं बितिसक्दा नआएपछि उनले फोन गरिन् । तर उनी फोन अफ गरेर सम्पर्कविहीन भएका छन् । दुई हप्तासम्म होटेलमा राखेर यौन प्यास मेटिसकेपछि धाेकेबाज साहले बहाना बनाएर भागेको पीडित आरतीको गुनासो छ ।

 

'म सानो जातको भएकोले तपाइँको परिवारले स्वीकार नगर्लान कि भनेर पहिला नै सोधेको थिए । उहाँले तिमी मसँग जुनी काट्ने हो भनेर फकाए,'आरतीले भनिन्,'परिवारले घरबाट निकालेपछि होटलमा लगे तर दुई हप्तापछि मलाई मर्नु न बाँच्नु बनाएर वेपत्ता भए।'

 

 शारीरिक र  मानसिक रुपमा समेत विक्षिप्त बनेकी आरतीले दलित अधिकारकर्मीलाई उद्धार गरेर न्यायालयसम्म पुर्याइदिनको लागि आग्रह गरेकी छिन् ।

 

प्रतिकृया दिनुहोस