• शुक्रबार-कार्तिक-२-२०८१

प्रतिपक्ष दलको बैठक सुरु

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । 

 

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागी रहेको बताइएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।


 

 

 

प्रतिकृया दिनुहोस