• शुक्रबार-कार्तिक-२-२०८१

साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान, श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा 



काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुने भएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि सुरु हुनेछ ।


त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । 


यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समूह 'बी' मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह 'ए' मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

 

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
 

 

प्रतिकृया दिनुहोस