• शुक्रबार-कार्तिक-२-२०८१

लेखाका कर्मचारी सरुवामा मापदण्ड मिचियो : सेटिङ मिलाउनेलाई अवसर, सोझाको  पुर्परोमा हात ! 

 

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय आफैंले बनाएको मापदण्ड विपरीत उपसचिव, लेखा अधिकृत र लेखापालहरूको सरूवा गरेको गुनासो पीडित कर्मचारीहरुले गरेका छन् । केही सयम अघि महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले हस्ताक्षर गरेपछि सरुवा मापदण्ड लागु गरिएको उद्घोष गरिएको थियोे । तर, लागु गरिएको मापदण्डको मसी सुक्न नपाउँदै कार्यालयले लेनदेन र सेटिङका आधारमा मनोमानी ंढंगले कर्मचारीहरूको सरूवा गरेकोे भन्दै कर्मचारीले गुनासो गरेका छन् ।


कार्यालयको नेतृत्व, मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख श्याम प्रसाद भण्डारीले कर्मचारीको स्वार्थ अनुकूल सरूवा गरेको र पीडितहरुले गुनासो गरेका छन् । पीडितहरुले कार्यालयको नेतृत्व र जिम्मेवार अधिकारीलाई भेटेरै सरुवाा भेदभावप्रति आ–आफनो गुनासोे राख्न खोज्दा उनीहरु केही दिन मोवाइल स्वीचअफ गरेर कार्यालयमा नै उपस्थित नभएको भन्दै पीडितहरुले आपत्ति जनाएका छन् । यदि सरुवा पारदर्शी र स्वच्छ ढंगले गरेको भए जिम्मेवार अधिकारीहरु लगत्तै किन कार्यालयमा अनुपस्थित रहे र फोन अफ गरेर बसे भन्ने विषयले चर्चा पाएकोे छ ।
कार्यालयले ०८१ असोज ९ गते २६ जना लेखा उपसचिवको सरुवा र लगत्तै ८० जना लेखा अधिकृतको सरुवा गरिएको थियो । त्यसपछि १३ जना सह–लेखापालको सरुवा गरिएको थियो । असोज १२ गते शनिवार एकै लटमा चार सय १३ जना लेखापालहरुको सरुवा गरेपछि कार्यालयका जिम्मेवारी अधिकृतहरु केही दिन गुमनाम हुन पुगेको स्रोतले जनाएको छ ।


मापदण्ड विपरीत सरुवा
कर्मचारीहरूको सरूवा गर्दा केहीलाई मापदण्ड विपरीत(क)वर्गको कार्यालयबाट सोेही प्रकृतिको कार्यालयमा सरूवा गरिएको छ । पहुँच र भनसुन नगर्र्नेहरुलाई भने कम बजेट र अनाकर्षक निकायमा सरुवा गरेको भन्दै पुर्पुरोमा हात लगाउने स्थिति कार्यालयको नेतृत्वले सिर्जना गरेको गुनासाहरु बाहिर आएका छन् । लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८१ लाई लत्याएर  लेनदेन, भनसुन र सोर्सफोर्सको आधारमा सरुवा गरिएको गुनासो पीडितहरुले गर्दै आएका छन् । 


सरूवा भएकाहरूमा कोष तथा लेखा नियन्त्रक कार्यालय ललितपुरका प्रमुख कोष तथा लेखा नियन्त्रक गोरखबहादुर शाही र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लेखा उपसचिव भोजराज पौडेलले बढी फाइदा उठाएको जानकारस्रोतले बताएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ललितपुरबाट शाही ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेका छन । पौडेल भने लेखा उपनियन्त्रकको लागि निकै आकर्षक मानिएको ऊर्जा मन्त्रालयबाट संघीय संसद् सचिवालयमा सरुवा हुन सफल  भएका छन । उनी यसअघि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र कोष तथा लेखा नियन्त्रक कार्यालय त्रिपुरेश्वरमा कार्यरत रहँदा राम्रै आम्दानी गर्न सफल भएको चर्चा चल्ने गरेछ ।


उनीहरु दुवै उपसचिवले कार्यालयले बनाएको मापदण्डमा (क) वर्गको कार्यालयबाट सोही वर्गमा सरुवा हुन सफल हुनुले पनि देनदेन भएको आशंका भएको स्रोतले दावी गरेको छ । कार्यालयले जारी गरेको मापदण्डमा कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुर, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र संघीय संसद् सचिवालय (क) वर्गमा रहेका छन । लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८१ ले (क) वर्गका कार्यालयबाट सोही प्रकृतिको कार्यालयमा सरूवा नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, लेखा उपसचिव शाही र पौडेलको हकमा उक्त मापदण्ड किन लागु भएन भन्ने बिषयले निकै चर्चा बटुलेको छ । 


चारवर्र्ष देखि एकै निकायमा
करिब चार वर्षदेखि उपसचिव निरज केसी महालेखा नियन्त्रक कार्यालयमै कार्यरत रहेका छन्  । यसपटक पनि उनको कतै सरुरवा भएन । क्यान्सरको विरामी भन्दै उनलाई कार्यालयमै थमौती गरिएको छ । वर्षांैदेखि कार्यालयमा अड्डा जमाएर बसेको रैथाने कर्मचारीको समूहले केही महिना अघि नियन्त्रक सिंह, उनकी पत्नीलाईसमेत कार्यालयको खर्चमा मुस्ताङ, दोलखा र गोरखा घुमाएर ल्याएको आरोप लगाएका छन् । त्यही समूह नै यसपटकको सरुवामा बढी हावी भएको स्रोतले दावी गरेको छ ।


०८१ साउन ३१ यता महालेखा नियन्त्रक कार्यालयका मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सहसचिव श्यामप्रसाद भण्डारी रहेका छन् । लेखाका उपसचिव र अधिकृतहरुको सरुवा नियन्त्रक सिंह र भण्डारीको सहमति अनुसार नै गरिएको छ । तर, कर्मचारीको सरूवा गर्दा कार्यालयले तयार गरेको मापदण्डको पालना किन गरिएन भन्ने गुनासो पीडितहरुले गरेका छन । लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेका सहसचिव भण्डारीलेसमेत कार्यालयले बनाकोे मापददण्डको पालना नगरेकोमा कर्मचारीहरुले आश्चर्य मानेका छन । आयोगलले कर्मचारी सरुवमा ऐन, नियम, निर्देशिका, मापदण्ड पालना गर्न सरकारी निकायलाई पटकपटक निर्देशन दिँदै आएको छ । स्रोतका अनुसार अन्तर सरकारी वित्त समन्वय शाखाका प्रमुख रहेका मुनकुमार केसीको कोष तथा लेखा नियन्त्रक कार्यालय लैनचौर सरुवा गरिएको छ । लेखा नियन्त्रकको रोजाइमा पर्दै आएको ललितपुरबाट उनी महालेखा नियन्त्रक कार्यालय हुँदै उनी पुन कोलेनिका लैनचौर जान सफल भएको स्रोतको भनाई रहेको छ ।


करिव ४ वर्षदेखि मलेनिकामा बसेका निरज केसी सरुवाको सेटिङ मिलाएर अमेरिका उडेको स्रोत बताउँछ । बिरामी भएका काारण उनी (क) वर्गको परराष्ट्र वा सडक विभागमा अर्को वर्ष जाने गरी हाललाई कार्यालयमा रहने सेटिङ मिलाएको स्रोतको भनाई छ । महालेखा नियन्त्रकका कर्मचारीहरुको सरुवा प्रणालीलाई आफ्नो कब्जामा राखेर प्राय आफ्नो स्वार्थसिद्ध गर्न खप्पिस ६० सालका अधिकृत समूहले आकर्षक परराष्ट्र मन्त्रालय, सडक विभागलगायतय मालादार निकाय र कार्यालयलाई आफ्नो विर्ता नै बनाएको गुनासो पीडितहरुले गरेका छन ।


महालेखाको नेतृत्व नै निरीह
कार्यालयमा कार्यरत केसी मात्र नभए अवधि पुगेका गोकुल बाँस्तोला, रामचन्द्र शर्मा र रेजिना कोइराला पनि थमौती हुन सफल भएको बताइन्छ । यी कर्मचारीहरूको अगाडि नियन्त्रक सिंह र सहसचिव भण्डारीसमेत नतमस्त र निरीह हुन पुगेको स्रोतले दावी गरेको छ । त्यति मात्र नभएर केसी र मुन कुमारको समूहले ज्ञानेन्द्र ओझा अर्थ मन्त्रालय र यज्ञप्रसाद ढकाललाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) बाट महालेखा नियन्त्रक कार्यालयमा योजना मुताबिक नै भित्राएको दावी स्रोतको रहेको छ ।


यही समुहहको सिण्डिकेटले सिङ्गो मलेनिका कार्यालयलाई कब्जा लिएर रजगज गर्दै आइरहेको बताइएको छ । यही असोज महिनामा गरिएको सरुवाले पनि उक्त समूहको सिण्डिकेट र सेटिङ्गलाई थप मलजल गरेको बताइन्छ । राजश्व अधिकृतमा मस्ती मारेर अर्थ मन्त्रालका तत्कालीन बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढालाई प्रयोग गरेर शम्भु मरासिनीमार्फत पहिलो पदस्थापना नै नुवाकोट कोलेनिका हत्याउन सफल भीमप्रसाद देवकोटाले स्वास्थ्य सेवा विभागमा बाजी मारेका छन । विभाग जाने कसरतमा लागेका ओझा भने यसपटक हेरेको हेरै भएको जानकारस्रोतले जनाएको छ ।


मापदण्डमा पनि चलखेल 
स्रोतका अनुसार लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८१ तयार गरिएको छ । उक्त मापदण्डको मस्यौदामा कर्मचारीको सरुवा गर्दा (क) बाट (ग) बर्गको कार्यालयमा मात्र सरुवा गरिने व्यवस्था गरिएको थियो । तर, महालेखाका ‘मस्तराम’ कर्मचारीले (क) वर्गको कार्यालयबाट (ख) मा पनि जान सक्नेगरी मापदण्डमा चलखेल गरेका थिए । त्यसको लाभ भुवनप्रसाद देवकोटा, रोमाकान्त काफ्लेहरुले उठाएको चर्चा कार्यालय परिसर अनामनगरमा चल्ने गरेको छ ।


लगातार आकर्षक र मालदार निकायमा बसेर रमाउँदै आएका देवकोटा स्वास्थ्य सेवा विभागबाट हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बाजी मार्न सफल भएका छन । विभाग (क) वर्गमा गनिन्छ । उनको बिभागबाट (ख) वर्गको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । स्रोत भन्छ यदी ‘मापदण्ड नमिचिएको भए उनको सरुवा उक्त मन्त्रालयमा पक्कै हुने थिएन । मापदण्ड फेरबदलको लाभ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भरखरै सरुवमा परेका रोमाकान्त काफ्लेले पनि लिएका छन । 


उनको (क) वर्गको सामान्य प्रशासनबाट (ख) वर्गको कोष तथा लेखा नियन्त्रक कार्यालय सिंहदरबारमा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग  (क) वर्गको बाट भगवान प्रसाद उप्रेतीको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (ख) मा गरिएको छ । (साँघु साप्ताहिक, २०८१ असोज २२–२८)
 

प्रतिकृया दिनुहोस