प्रोजेक्ट र विभागका हाकिम ६/६ महिनामा सरुवा : मन्त्री खड्काको कार्यशैलीप्रति कर्मचारी रुष्ट ?
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ०८१ मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली नेपालको उत्तरी छिमेकी मुलुक भ्रमणमा गएको दिनमा नै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललाई मन्त्रालयमा तानेर नयाँ सहसचिवलाई खटाएका थिए । साँढे सात महिनामा नै सहसचिव बराललाई हटाएर विभागमा कार्यरत उपमहानिर्देशक देवराज निरौलालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । निरौला चीनमा महावाणिज्यदूत रहेका सहसचिव लक्ष्मीप्रसाद निरौलाका भाइसमेत हुन् ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेता शक्तिबहादुर बस्नेतले सहसचिव बराललाई २०८१ बैशाख ३ गते तत्कालीन महानिर्देशक चूर्ण बहादुर वलीलाई हटाएर सो जिम्मेवारीमा लगेका थिए । दाङ निवासी वलीलाई हटाएर महानिर्देशक बनेका सहसचिव बराललाई पनि साँढे सात महिनामा निरौलाले प्रतिस्थापन गरेका छन् । सहसिचव निरौलालाई नयाँ महानिर्देशकको जिम्मेवारीमा लैजादा मन्त्री खड्काले राम्रै शुभलाभ हात पारेको चर्चा मन्त्रालयमा कार्यरत कर्मचारीहरुले गरेका छन । होइन भने प्रधानमन्त्री ओली, मुख्यसचिव एकनारायण अर्यालसहितको सरकारी टोली विदेश भ्रमणमा गएकै दिन हतार हतारमा किन मन्त्री खड्काले विभागको महानिर्देशक परिर्वतन गरे भन्ने प्रश्नसमेत यतिखरे उठ्ने गरेको छ ।
मन्त्री खड्काले सहसचिव बराललाई सुनकोशी मरिन ड्राइभर्सनको हेडवकर््स र विद्युत गृहको कार्य अगाडि बढाउन नसकेको आरोप लगाएको बुझिएको छ । समयमै ठेक्का लगाउन नसकेको, केही निर्माण कम्पनीको म्याद नथपेको र मन्त्री खड्काको निर्देशनलाई अटेर गरेकोलगायतका कारण देखाउदै मन्त्री खड्काले बराललाई सरूवा गरेको बुझिएको छ । युवा सहसचिव बराल सिंचाइका क्षेत्रमा काविल र सक्षम सुई मानिन्छन् । उनै प्रमुख हुँदा भेरी–बंबई ड्राइभर्सन सुरूङको ब्रेक थ्रू गरेर चर्चा कमाएका थिए ।
तर, उनले महानिर्देशकमा बाजी मारेपछि भने आफ्नो कार्य क्षमता देखाउन नसकेको मन्त्रालयका अधिकारीहरु बताउछन् । मन्त्री खड्काले केही समयअघि एसियाली विकास बैंकको सहयोगमा सञ्चालित नवीनतम् प्रविधि सिँचाइ आयोजनाका आयोजना प्रमुख अजय अधिकारीलाई हटाएर दीपेन्द्र लौडारीलाई आयोजना प्रमुखमा सरुवा गरेका थिए । तर, मन्त्री खड्का आफ्नो निर्णयमा एक महिना पनि अडिन सकेनन् । एशियाली बिकास बैंकका अधिकारीले ठूलै दबाब दिएपछि अधिकारीलाई पुनः सोही आयोजना प्रमुखमा फिर्ता गर्न बाध्य भएका थिए ।
यतिसम्मकि अधिकारीलाई सो आयोजनामा फिर्ता नपठाएको खण्डमा एडीवीको ऋण सहयोगसमेत रोकिदिने मौखिक चेतावनी काठमाडौं कार्यालय र मनिलास्थित मुख्यालयले मन्त्री खड्कालाई दिएको थियो । त्यसपछि उनी आफ्नो निर्णयबाट एक महिनामा नै पछि हट्न बाध्य भएको स्रोतले बताएको छ । यही कारण लौडारीलाई अपमानजनक रूपमा हटाइएर अधिकारीलाई निरन्तरता दिएका थिए । त्यसपछि मन्त्री खड्काले आफू अनुकूल नचल्ने आधा दर्जन सहसचिवहरूलाई मन्त्रालयमा तानेर बरन्डामा थन्क्याएका थिए । मन्त्रालयमा पुल दरबन्दी तर सुनकोशी मरिन ड्राइभर्सन आयोजनामा कार्यरत सुई मित्र बराललाई तानेर बरन्डामा थन्क्याइएको थियो । आयोजनाको प्रगति राम्रैसँग भइरहेको र आयोजनामा कार्यसम्पादन राम्रो गर्दागर्दै मन्त्रालयमा तानेर थन्क्याइएको थियो ।
उनीलगायत एकदर्जन भन्दा बढी प्राबिधिक सहसचिवहरुलाई मन्त्रालयमा तानेर बरण्डामा थन्क्याइएको भन्दै कर्मचारीहरुले मन्त्री खड्काको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि ०८१ मंसिर २१ गते शुक्रबार बराललगायत सात जनालाई जिम्मेवारीमा खटाइएको स्रोतले बताएको छ । सहसचिव मित्र बराललाई भने विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा खटाइएको छ । बराल क्षमतावान, इमानदार र कार्य सम्पादनमा उत्कृट सुई मानिन्छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको प्रमुखबाट दुई महिना अगाडि नै विभागमा तानेर जिम्मेवारविहीन बनाइएका सुई गोपाल शर्मालाई पनि मंसिर २१ गते शुक्रवार नै जिम्मेवारीमा खटाइएको छ ।
सहसचिव जगदीश्वर कर्माचार्यलाई जल तथा ऊर्जा आयोगको सचिवालय, नवीनचन्द्र अधिकारीलाई काली गण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कामकाजका लागि खटाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका वासुदेव तिमल्सिनालाई विभागमा खटाइएको छ । गोपाल शर्मालाई सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजना, सहसचिव टिकाराम बराललाई विभागमा सरुवा गरेपनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कामकाज गर्नेगरी सरुवा गरिएको छ । बिभागका पूर्व महानिर्देशक चूर्ण बहादुर वलीलाई भने मन्त्रालयमा नै कामकाज गर्नेगरी जिम्मेवारी तोकिएको छ ।
पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चलखेल गरेको भन्दै मन्त्री खड्काको मन्त्रालयकै कर्मचारीहरूबाटै आलोचना हुँदै आएको छ । पछिल्लो समय विशेषगरी आयोजना प्रमुखहरूलाई बिना कारण मन्त्रालय तानेर निमित्तहरूबाट काम गराएको आरोप पनि मन्त्री खड्कामाथि लाग्दै आएको छ । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस