मन्त्री अधिकारीका कारण कर्मचारीहरू दिक्क
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको कार्यशैली र व्यवहारका कारण मन्त्रालयमातहत कार्यरत कर्मचारीहरु दिक्क हुन थालेको खबर छ । मन्त्री अधिकारीले दोश्रो पटक मन्त्रालयको नेतृत्व गरेपनि खासै उल्लेखनीय र नेपाली जनताले अनुभूति गर्ने भूमि प्रशासन सम्वन्धी कार्य भने गर्न सकिरहेका छैनन् भन्ने गुनासो सुनिन्छ । मन्त्रालयमा उल्लेखनीय काम गरेर देखाउने भन्दा पनि सीमित कर्मचारीको घेरा र शुभलाभमा फस्दा उनी मन्त्रालयका कर्मचारीहरुबाटै आलोचिता हुन थालेको खबर छ । यो गुनासो नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि पुगिसकेको बताइएको छ । त्यसकारण पार्टीभित्रैबाट पनि मन्त्री अधिकारीको कार्यशैलीको आलोचना बढ्न थालेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अधिकारीलाई उक्त मन्त्रालयको नेतृत्व गर्नेगरी मन्त्री बनाएका थिए । चार महिना यसअघि मन्त्रालयको नेतृत्व गरिसकेका अधिकारीलाई यसपटक प्रधानमन्त्री ओलीले दोहो¥याएर सोही मन्त्रालयको जिम्मेवारी दिएका थिए । त्यसबखत पनि मन्त्री अधिकारीले वर्तमान गृहसचिव गोकर्णमणि दुवाडीको चंगुलमा फंस्दा कुुनै राम्रो काम गरेर देखाउन सकेका थिएनन् । केवल कर्मचारीको सरुवा गर्दा प्राप्त हुुने ‘शुभलाभ’मा रमाएको आरोप मन्त्री अधिकारीमाथि लाग्ने गरेको थियो । यतिखेर मन्त्रालयमा सचिव अर्जुन प्रसाद पोखरेल रहेका छन । उनले अर्थ सचिव भएर काम गरिसकेकोले पनि पोखरेलले कर्मचारी सरुवामा खासै रुची देखाएका छैनन् ।
मन्त्रीका हरेक निर्णयमा सचिव पोखरेलले साथ र सहयोग दिंदै आएका छन् । तरपनि मन्त्री अधिकारीले सहकारी पीडित बचतकर्ताकोे रकम फिर्ताको लागि कुनै कार्य योजना बनाएर अगाडि बढन सकेका छैनन् । विभिन्न सहकारी संस्थाका संचालकबाट पीडित बचतकर्ताहरु दिनहुँ जसो रकम फिर्ताको माग गर्र्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुलार्ई न्याय दिनको र उनीहरुको बचत फिर्ताको लागि मन्त्रालयले ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन । जसका कारण मन्त्री अधिकारीको आलोचन तीव्र रुपमा बढेकोे छ ।
अर्को कुुरा, मन्त्री अधिकारीले कार्य सम्पादन उत्कृष्ट भएका सहसचिव, उपसचि र कर्मचारीहरु मन्त्रालय बाहिर पठाएर आफू अनुकूलका कर्मचारीलाई भित्र्याएको आरोप लाग्ने गरेको छ । जसका कारण मुलुकभर रहेका मालपोेत तथ भूमिसुुधार कार्यालय र नापी कार्यालयका कार्यरत कर्मचारीले अपेक्षित रुपमा काम गर्न सकिरहेका छैनन् । मन्त्री अधिकारीले चार महिनामा नै भूमि व्यवस्थापन तथा अभिलेख विभागका तत्कालीन महानिर्देशकलाई हटाएर आफू अनुकूलका सहससचिव शिवप्रसाद रेग्मीलाई खटाएका थिए । उनले विभागकोे नेतृत्व गरेपनि मन्त्री अधिकारीका निजी सचिव र सचिवालयका कर्मचारीहरु हस्तक्षेप गरेर उनलाई स्वतन्त्र रुपमा काम गर्न दिएका छैनन् ।
महानिर्देशक रेग्मीको कार्य सम्पादन पनि खासै उत्कृष्ट छैन । यो कुरा मन्त्री अधिकारीलाई थाहा राम्ररी थाहा छ । त्यति हुँदाहुँदै पनि काम गर्र्ने क्षमता, आँट भएका सहसचिवहरुलाई विभागमा नखटाएर उनलाई किन पठाइयो भन्ने प्रश्न यतिखेर मन्त्रालयका कार्यरत कर्र्मचारीहरुले मन्त्री अधिकारीमाथि तेस्र्याइरहेको बताइन्छ । सचिव पोखरेल पनि चालु आर्थिक वर्षमा नै सचिवको पाँचवर्षे कार्यकाल पूरा गरेर सेवा निबृत्त हुँदैछन् । त्यसकारण पनि उनले मन्त्री अधिकारीका कुुनैपनि निर्णयमा हस्तक्षेप नगर्ने र सकेसम्म सेवा निबृत्त हुने समयसम्म मन्त्री अधिकारीलाई रिझाएर सोही मन्त्रालयबाट विदा भएर घर जाने सूरसारमा लागेको जानकार स्रोत बताउँछ ।
मन्त्री अधिकारीको कार्यशैली प्रति प्रधानमन्त्री ओली पनि खासै सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओली गएको २०८१ मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गएको र फर्के लगत्तै केही मन्त्रीहरु हेरफेर गर्ने सोचाई बनाएका थिए । तर, अब लगत्तै संभवत २०८१ पुष या माघसम्ममा दक्षिणी छिमेकी मुुलुक भारतको भ्रमण गर्ने तयारीमा रहेका छन् । चीन भ्रमण गरेर फर्किए लगत्तै मन्त्री अधिकारीलगायत पार्टीकातर्फबाट केही मन्त्रीहरुलाई हटाउने योजना बनाएको बुझिएको छ । योे कुराको सुर्इंको पाएका मन्त्री अधिकारीले मौका यही भन्दै विभिन्न जिल्ला नापी, मालमोत कार्यालयमा कार्यरत प्रमुख मालपोेत, र नापी अकिृतलाई दवाव दिएर छुट सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न दवाव दिएर कमाउने दाउमा लागेको स्रोतले दावी गरेको छ ।
त्यसकोे लागि मन्त्रालयका केही र सचिवालयमा कार्यरत कर्मचारीहरुलाई हातमा लिएर त्यस्तो कार्यका लागि दवाव दिंदै आएको स्रोतले बताएको छ । त्यसकै लागि विभागमा कमजोर कार्य क्षमता भएका सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएर आफू अनुुकूलका मन्त्रालयका कर्मचारीमार्फत काम गराउने गरेको बुझिएकोे छ । मन्त्री अधिकारीले भूू–माफिया, बिचौलियालाई हातमा लिएर आफू अनुकूलमा प्रयोग गर्दै आएको आरोप छ । उनीहरुको सल्लाह बमोजिम मन्त्री अधिकारी चल्ने गरेको भन्दै मन्त्रालयमा उनको आलोचना चुलिएको चर्चा चल्ने गरेको छ । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस