सशस्त्र प्रहरीद्वारा भेरी नदीमा खसेकी सम्झनाको जीवितै उद्धार
सुर्खेत, ४ पुस । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।
परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रममा भेरी नदीमाथि रहेको पुलबाट सम्झना खसेकी थिइन् । बुधबार बेलुकी साडे ६ बजे नदीमा खसेकी सम्झनालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए ।
हाल मेहलकुनास्थित अस्पतालमा उपचार जारी रहेको सम्झना बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए । सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ । भेरी नदीको किनारमा चिसो भएपनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको मल्लले बताए ।

प्रतिकृया दिनुहोस