साहित्य सन्ध्यामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक कविगोष्ठी
काठमाडाैं । २०८१ पुस ६ गते शनिबार, साहित्य सन्ध्याको ४५८औं नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरियो।
यो कार्यक्रम पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा भृकुटीमण्डप, प्रदर्शनीमार्गमा सम्पन्न भएको थियो। सो कार्यक्रममा सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण र विशेष कविगोष्ठी पनि आयोजना गरियो।
सन्ध्याको अध्यक्ष राम विनयको अध्यक्षतामा र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको यस विशेष समारोहमा अतिथिहरूका रूपमा साहित्यकार चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण, डा. कृष्ण सुवेदी, सिन्धुपाल्चोकका जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाल, आभा सेतु सिंह, उमेश उपाध्याय, डा. राजेन्द्रप्रसाद अधिकारी, रत्ननिधि रेग्मी, डा. प्रेमराज सिलवाल, लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू र अन्य स्रष्टाहरूको उपस्थिती रहेको थियो।
‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा विशद परिचर्चा
समालोचक र अनुसन्धाता प्रभाती किरणले ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा विस्तारपूर्वक चर्चा गर्दै नेपाली गीत गजलले जनतामा चेतना र जागरूकता ल्याएको र सशक्त संघर्षका लागि प्रेरणा प्रदान गरेको उल्लेख गरे। उनले गजल र गीतले दास मानसिकता त्याग्न, जातीय र लैङ्गिक भेदभावविरुद्ध संघर्ष गर्न, र समानता, स्वतन्त्रता, न्याय र एकताका लागि प्रतिबद्ध रहन सिकाएको बताएका छन्।
‘मातृवन्दना’ कवितासङ्ग्रहको लोकार्पण र समीक्षा
सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण कार्यक्रममा राम विनय, चन्द्रप्रसाद न्यौपाने, डा. कृष्ण सुवेदी, आभा सेतु सिंह र स्रष्टाले संयुक्तरूपमा गरेका थिए। यस संग्रहमा ५० भन्दा बढी कविता समावेश गरिएको छ, जसले सामाजिक रूपान्तरणका लागि संघर्षको आह्वान गरेको छ। डा. कृष्ण सुवेदी (भारद्वाज मित्र)ले उक्त कृतिमाथि विश्लेषण गर्दै कवितामा छन्द, विम्ब र अलङ्कारको सुन्दर प्रयोगको मूल्याङ्कन गरे।
कविगोष्ठी र रचनामाथि विश्लेषण
समारोहमा बालकवि सोइना दाहाल, ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डा. मनोज जोशी, त्रिलोचन आचार्य, महेशराज खरेल लगायतका साहित्यकारहरूले आफ्ना कविता, गीत र गजल वाचन गरे। कवि चन्द्रप्रसाद न्यौपानेले नेपाली कविता र सिर्जनाका बारेमा टिप्पणी गर्दै मुलुकको समृद्धिको चाहना र प्रगतिशीलताको महत्त्वको बारेमा धारणा राखे।
साहित्य सन्ध्याको योगदान र आगामी कार्यक्रम
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै भने, "साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो, जहाँ हमी समाजको समस्याबारे संवाद र विमर्श गर्दै आउनु भएको छ। हामीले सत्यलाई स्वीकार्न र समाजलाई सकारात्मक दिशामा लैजानका लागि सिर्जनात्मक कार्य गर्नुपर्छ।"
उपाध्यक्ष रमेश पोखरेलले आगामी कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै भने, "हाम्रो आगामी महिनाको कार्यक्रममा पनि विशेष विषयमा बहस र कविगोष्ठी आयोजना गरिनेछ, त्यसमा पनि सबैलाई आमन्त्रण गर्नेछौं।"
समारोहमा साहित्य सन्ध्या र राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका सहकार्यमा विभिन्न स्रष्टाहरू र कलाकारहरूको उपस्थितिले समारोहलाई अझ समृद्ध र सफल बनाएकाे आयोजकले बताए ।

प्रतिकृया दिनुहोस