• आइतबार-पौष-७-२०८१

जर्मनीको क्रिसमस बजारमा आक्रमण : पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते 



म्याग्डेबर्ग, जर्मनी, ६ पुस (रासस/एएफपी) : जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिनुभएको छ । 

 

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । साथै, उहाँले ‘भयानक आक्रमण’को निन्दा गर्नुभएको छ । 

 

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो । चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ । चान्सलरले भन्नुभयो, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरूद्ध हतियारहरूको प्रयोग गर्छौँं, के यो घृणा होइन ? उहाँले भन्नुभयो, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”
---

 

प्रतिकृया दिनुहोस